Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नयाँ मन्त्रीहरूले शपथ लिँदैछन्

काठमाडौं । मन्त्री बन्ने सुरमा दौरा सुरुवाल सिलाएर बसेका नेकपा एसका नयाँ मन्त्रीहरुले बल्ल तल्ल सपथ लिने भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार नियुक्त गरेका एकिकृत समाजवादीतर्फका चार जना मन्त्रीहरूको शपथ आज हुँदैछ । राष्ट्रपति कार्यालयका प्रेस सल्लाहकार टिका ढकालका अनुसार नव नियुक्त मन्त्रीहरूको शपथ अहिले केहिबरेमा गराउने तयारी भइरहेको छ । एकीकृत समाजवादीका तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा जीवनराम श्रेष्ठ, सहरी विकासमन्त्रीमा मेटमणि चौधरी, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीमा भवानीप्रसाद खापुङ, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा शेरबहादुर कुँवर र स्वास्थ्य राज्यमन्त्रीमा हिराचन्द्र केसीले केहिबेरमा मन्त्रीको सफत लिने कार्यक्रम रहेको छ । तीन साताअघि सरकारमा सहभागी चार मन्त्रीलाई फिर्ता बोलाउँदै एकीकृत समाजवादीले नयाँ अनुहारलाई मन्त्रीका रूपमा सिफारिस गरेको थियो । त्यतिबेला संसद्मा सम्बन्धित मन्त्रीले जवाफ दिनुपर्ने भएकाले प्रधानमन्त्री देउवाको आग्रहमा केही समय मन्त्री हेरफेर रोकिएको थियो । पटक–पटक एकीकृत समाजवादीले दबाब दिएपछि प्रधानमन्त्री देउवाले आइतबार मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।