Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नयाँ मूल्य सूचिले आयल निगम झन धेरै घाटामा, एक सिलिण्डर ग्यासमा ९५३ रूपैयाँ घाटा

काठमाडौं । नेपाल आयल निगमले भारतबाट खरिद गर्ने पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची आएको छ । आज प्राप्त मूल्यसूचीअनुसार निगमले आगामी १५ दिनमा ५ अर्ब २१ करोड रुपैयाँ घाटा व्यहोर्नुपर्ने छ । नयाँ मूल्यसूचीअनुसार एलपी ग्यासमा मात्रै प्रति सिलिन्डर २७३ रुपैयाँ ३८ पैसा मूल्य बढेको छ । त्यसअनुसार प्रति सिलिण्डर ग्यासमा निगमलाई ९ सय ५३ रुपैयाँ ६६ पैसा घाटा छ । यस्तै, मट्टितेलको मूल्य २२ रुपैयाँ १८ पैसा बढेर आएको छ भने डिजेलको मूल्य स्थिर छ । पेट्रोलको मूल्य भने १ रुपैयाँ ४८ पैसा घटेको छ । निगमले यसअघि २ चैतमा पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । नयाँ मूल्य सूचीका आधारमा निगमलाई प्रति महिना करिब १० अर्ब रुपैयाँ नोक्सानी हुने देखिएको छ । २०७८–७९ मा मात्रै निगमले ३२ अर्ब रुपैयाँ नोक्सानी व्यहोरिसकेको छ । आगामी दिनमा आपूर्ति व्यवस्था सहज बनाइराख्न अत्यन्त कठिन हुने देखिएको निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।