Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नयाँ वर्षको शुरुमै नमजा

यस पटक नयाँ वर्षको शुरुमै नमजा भयो । जनताले विश्वास गरेको पार्टी टुक्रा भयो । पार्टीमाथि एक द्वार सिष्टम लागू गर्दा प्रम एव पार्टीका अध्यक्ष केपिओलीले आफ्नो टीमको सुरक्षा गर्दा संसद बन्द गराए । कानूनको धज्जी उडाउनु त केपिका लागि नौलो भएन । दलीय सदभाव र एकता कतै रहेन । नेकपालाई कानून त फुटाउने काम सर्वाेच्चले गरि दियो । कानूनको व्याख्या गर्ने अदालत दल फुटाउन र राजनीति अस्थिरता चर्काउने थलो भयो । एमालेभित्र ओलीवाद चमक देखाउने ठाउमा आयो । गुटभन्दा फरक कोही भएन । यो देशले राजनीति स्थिरताको ठाँउ जोगाएन ।

कम्युनिष्ट पाटीलाई कुकुरलाई घ्यू नपच्ने जस्तो भयो । पार्टीको विधान लत्याईयो । सरकारको नीति नियम तोडियो । गणतन्त्रको फल गाँउ ठाँउमा पुग्दा नपुग्दै निरकुंशता जगाईयो । कम्युनिष्टहरुको जनताको जनवाद जनवादी केन्द्रीयताका कुरा सबै दबाईयो । देशमा महंगी भ्रष्टचार बेथितिको नयाँ रुप देखाईयो । नीतिगत भ्रष्टचारमा प्रधानमन्त्री आफै लागे । रु १ अर्ब ५० करोडको काम रु ३ अर्ब ५० करोड तोकिनु भ्रष्टाचारको सम्वृद्दि लुटतन्त्रको विकास हो ? ठूलठूला खरिदमा भएका भुत्तानी कानूनको सीमा नाघियो । राजनीति रुपमा ख्याल नभएको होइन । मैले गरेपछि हुन्छ म नै सर्वेसर्वा हु भन्ने अहंकारले नयाँ वर्षले खल्लो बनायो ।

एकीकृत एमाले एक भएन । बहुमत एकातिर छन् । अध्यक्ष केपि ओलीले केन्द्रीय सदस्यहरु मनोनीत गरेर यहाँ आफू बहुमत हुनै पर्ने कारण थिएन । निर्वाचित केन्द्रीय समितिका महासचिव उपमहासचिव रहने अरु सबै हटाउने निर्णय एमालेकै विधान विपरीत छ । एमाले जनतामा लोकपृय हुने कुरा जेष्ठ नागरिक भत्ता मात्र बनाइनु हुदैनथ्यो । जनताका आवश्यकता धेरै छन् । ती अवश्यकता पूरा गर्ने दायित्व त सरकार र पार्टी दुवैको हो । यतिखेर प्रमओली कसरी हुन्छ देशलाई अशान्ती र अस्थिरतामा धकेल्न सकृय छन् । माओवादीबाट आएका कार्यकर्ता नभएका लाई मन्त्री र केन्द्रीय सदस्य बनाएर निर्वाचित समूहलाई पार्टीबाट खेद्ने काम नै अवैध हो ।

नयाँ वर्षको शुरुमै राम्रो भएन । विश्व महामारीको अभियान नै चर्को छ । जनताले राज्यबाट साथ पाउने भनेको जनजीविकासँग जोडिएको विषय हो । रोजगारी बढेको छैन । भएको रोजगारी गुमाएकाहरुको अवस्थाका बारेमा राज्य बोल्दैन । राज्य संचालकहरुको ध्यान गुटमा छ । आम जनता र कार्यकर्ता अस्थिरताको विरुद्धमा छन् । अहिले सन्तोष जनक ठाँउ कही छैन । पार्टी नै छिन्न भिन्न बनाईएको वर्ष २०७७ भयो । नयाँ वर्ष विकृति विसंगतिका वर्ष भयो । किनकी शुरुवातमै केन्द्र देखि प्रदेशका सरकारको जरा हल्लिदै छ ।

 


सम्बन्धित समाचार