Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नयाँ सदनमा क्रिश्चियनको प्रवेश

होली वाइनका नायक एकनाथ ढकालसँग एमाले अध्यक्ष केपी शर्मा ओलीले कति लिए उनै जानुन् । तर ओलीको सत्तामा प्रहार गर्ने भीम रावल, घनश्याम भुसालसम्म थन्किए । वाम एकताको चर्चा चल्दै छ । एमालेका क्रिश्चियन सुभाष नेम्वाङ र काँग्रेसका कृष्ण सिटौलाले नै संविधानमा धर्म निरपेक्षता शब्द प्रवेश गराएका थिए । माओवादीलाई सघाउने क्रिश्चियन डा. केवी रोकाय हुन् । उनले त्यहाँ बनाएका क्रिश्चियन कस्ता छन् जनताले खोजी गर्ला । तर पदीय मर्यादा बचाउन नसक्नेलाई माओवादी अध्यक्षले पार्टी प्रवक्ता बनाएर पार्टीको गतिविधि मन्द बनाएकै छन् । चुनावी प्रचारमा माओवादीपछि पर्दा विचार जनतामा पुगेन । काँग्रेसका एनपी साउद चर्च मण्डलीका हुन् भने श्रीमती ज्योत्सना साउद विश्व हिन्दू महासंघमा छिन् । विश्वप्रकाश शर्मा, गगन थापाका कुरा चर्का छन् । यिनको क्षेत्रमा अमेरिकी डिजाइनको रवि लामिछानेको पार्टी चम्केन । हिन्दूत्वको रक्षागर्ने राप्रपाले क्रिश्चियनबाटै चलेकी बिना लामालाई सांसद बनायो । रविन्द्र मिश्रलाई पार्टी उपाध्यक्ष बनाइएको छ । काँग्रेसका पनि धनराज गुरुङ जस्तो सुकै आदर्शवादी भए पनि तरुण दलमा बसेर रामचन्द्र अधिकारीलाई रातो पासपोर्ट काण्डमा डुबाउँदै राजनीतिक जीवन सखाप पार्ने नायक हुन् भन्ने कुरा बालकृष्ण खाँण, शंकर भण्डारीले जान्दछन् । राप्रपामा क्रिश्चियन पास्टर बिना लामालाई समानुपातिक सांसद बनाइएको त्यसै होइन । किनकि उनको लागि लड्ने भिड्ने धेरै थिएनन् ।
रास्वपाका रवि लामिछानेका बारेमा धेरै चर्चा हुने गर्छ । पार्टी नै बन्न नसकेको त्यो समूह कुनै सिद्धान्त र उद्देश्यमा चलेको छैन । जनताका पिर मर्का भन्दा हाटहुटमा यसको ध्यान छ । काठको तस्करी गर्ने सामूदायिक वनमा होस् वा राज्यले लगानी गरेर अलपत्र पारेको जुगडी खानेपानी विस्तार गर्दै रामनगरवासीलाई पानी खुवाउने योजनाको चासो लिनु सरकारलाई सिकाउँदै धरानका हर्क राईसँग जोडि मिल्नु हो ।
यस पटकको संसदीय अभ्यासमा देश टुक्य्राउने एजेन्डाका सिके राउतको नसो पनि त्यही जोडिन्छ । जहाँबाट उनले अध्यायन गरे डाक्टरी लिए । उता लोसपाका महन्तलाई नछाड्न भारतले तत्कालिन प्रम देउवालाई दबाव दियो । त्यहाँ जसपाका उपेन्द्र यादवलाई एमालेको ओली पथमा थेचर्ने र सिध्याउने भारतको चाहना पूरा भयो । काँग्रेसले टिकट नदिए पनि स्वतन्त्र उम्मेदवार बनेर अमरेश सिंहले जसलाई शक्ति देखाउनु थियो देखाए । गगनको भण्डाफोर गरेका छन् ।
राजनीतिलाई अपराधीकरण, अपराधीलाई राजनीतिकरण गर्न एमाले पनि प्रतिस्पर्धी हो । केपी ओलीले पनि सिके राउत, नेत्रविक्रम चन्दसँग सम्झौता गरी मुद्दा फिर्ता लिने निर्णय गरेकै हुन् । मन्त्री परिषद्ले निर्णय ग¥यो कानुनी उपचार बाँकी छँदाछँदै संसद पुनस्र्थापना भयो । एमाले चोखो बन्न भ्याइहाल्यो, एमाले मोहमद अफताबलाई छुटाउने थिएन । रेशम चौधरीसँग छलफल गर्दै थियो । काँग्रेस गठबन्धनले झैं एमालेका लागि पनि आवश्यक तिनै हुन् जो राजनीतिमा अपराधीकरण र अपराधमा राजनीति गर्न तयार छन् । स्वच्छता, पारदर्शीताका कुरामा कुनै पनि दल इमान्दर छैनन् । दलिय इमान्दारिता नहुनु भनेकै राष्ट्रघात हो । पार्टी नेतृत्वको मुल स्वार्थ भनेकै पद र कुर्सी हो । लोकतन्त्रको १६ वर्ष जसले जसरी कटाए पनि जनताका लागि काल बन्दैछ । जहाँ महंगी, कालो बजार गणतन्त्रका आधारस्तम्भ भएका छन् । जनताले यस्तो भद्रगोल यो हाकाहाकी लुट मच्चाउने छोटे राजाको शासन चाहेको होइन । नयाँ सरकारमा पुरानै अनुहार चल्ने भएकाले उत्साह समेत भएन भन्नेहरूलाई दिने सटिक जवाफ छैन । जताततै भद्रगोल छ । नयाँ सांसदहरूबाट पनि जन अपेक्षा ठूलो छैन । नेपाल अन्तर्राष्ट्रिय स्तरमा खस्केको छ । कुटनीतिक मर्यादा घट्दो छ । बेरोजगारी बढ्दो छ । गुणस्तरीय शिक्षा नहुँदा स्नातक उत्तिर्ण गरेको युवा प्रमाणपत्र थन्क्याएर खाडी पुगेको छ । झण्डै ६० लाख युवा शक्ति विदेशमा पठाएर त्यसको रेमिट्यान्सले मुलुक चल्दैछ । जवाफदेहिता नहुँदा पार्टीको नेतृत्वप्रति जनताको आक्रोश छ । नेतृत्व त्यस्तै छ । कुनै पनि दलले निर्वाचन घोषणापत्रमा देखाएका योजना र कार्यक्रम कार्यान्वयन गर्दैनन् । कम्युनिष्टहरूसँग जनताको आशा थियो त्यो पनि केपी ओलीले ध्वस्त बनाएका थिए । पार्टी फुटाए, जनविश्वास गुमाए, अहिले गल्ती सुधार्दैछन् । राष्ट्रघात प्राडो, पजेरो र औषधि खर्चका नाममा देशलाई कंगाल बनाउने नेपाली काँग्रेस त्यसको देउवा गुटलाई हिजो सत्तामा पु¥याउने ठाउँ बनाए, आज काँग्रेस सडकमा छ । प्रचण्ड, माधव र झलनाथलाई नहेपेको भए शायद काँग्रेसलाई स्थानीय चुनावमा थन्क्याउन सकिन्थ्यो । ०७४ मा नेकपाले पाएको जनमत इतिहास भएका बेला पुराना गल्ती सच्याएर अब छरिएका वाम जनमत ६४ प्रतिशतको बचाउ गर्न नसकेको फल संसदमा क्रिश्चियनहरू चम्कदैछन् तर उनीहरू कम्युनिष्टकै संरक्षणमा छन् ।