Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नयाँ स्टक एक्सचेन्जको लाइसेन्स रोक्ने सरकारको निर्णय

काठमाडौं । सरकारले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स रोक्ने निर्णय गरेको छ। नयाँ स्टकको लाइसेन्सका लागि आवेदन दिए पनि उच्च अदालत पाटनमा १० दिन मात्रै समय दिएर आवेदन दिने पक्रिया गलत भएको भन्दै रिट परेको थियो। अदालतले पक्षलाई छलफलका लागि बोलाउंदै जेठ १ गते पेसी तोकेको थियो। सरकारले भने तत्कालका लागि रोक्ने निर्णय गरेको हो। नेपाल धितोपत्र बोर्डले थप एउटा नयाँ स्टक एक्सचेन्ज सञ्चालनका लागि गरेको आह्वानमा तीन समूहको आवेदन परेको थियो। नयाँ स्टकको लाइसेन्स लिन हिमालयन स्टक एक्सचेन्ज, नेसनल स्टक एक्सचेन्ज र अन्नपूर्ण स्टक एक्सचेन्जले आवेदन दिएका थिए। यी तीनै कम्पनीमा पहुँचवाला लगानीकर्ता आबद्ध छन्। नयाँ स्टक छनोटका लागि धितोपत्र बोर्ड सञ्चालक समितिको बैठकले कानुन मन्त्रालयका सहसचिव फणीन्द्र गौतमको संयोजकत्वमा मूल्यांकन समिति समेत गठन गरिसकेको थियो।