Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नलिञ्चोक हेलिपोर्ट भ्रष्टाचार मुद्दामा आज थुनछेक बहस

काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीविरुद्धको भ्रष्टाचार मुद्दामा आज थुनछेक बहस हुँदैछ । विशेष अदालतमा न्यायाधीहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र विदुर कोइरालाको २ नम्बर इजलासमा उनको बयान हुनेछ । भक्तपुरको नलिञ्चोक हेलिपोर्टमा अनियमितता अभियोगमा बुधबार अधिकारीसहित ७ जनाविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ । बयानपछि अधिकारीलाई थुनामा राखेर अनुसन्धान गर्ने कि धरौटीमा छाड्नेबारे आदेश दिइनेछ । अख्तियारले प्रदीप अधिकारीसहित निर्देशक मुरारी भण्डारी, उपप्रबन्धक इन्जिनियर समृद्धि श्रेष्ठ, प्रबन्धक नवलविक्रम थापा, अभियन्त्र कन्सलटिङ प्रालि र सो प्रालिका प्रमुख विजय थापा, निजी इन्जिनियर गुरुदत्त अधिकारीलाई प्रतिवादी बनाएको छ । उनीहरूसँग जनही १३ करोड ५७ लाख ४६ हजार २१३ रूपैयाँ ७७ पैसा बिगो दाबी र कैद तथा जरिवाना माग गरिएको विशेष अदालतले जनाएको छ । बुधबार मुद्दा दायर गर्नुअघि अधिकारी र भण्डारीलाई पक्राउ गरिएको थियो ।


सम्बन्धित समाचार

बालेन र रवि प्रवृत्ति कति टिक्छ ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

के गर्लान् दलाल र भरौटेहरू ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

रवि र बालेनलाई मोदीको बधाई

२०८२ फाल्गुन २६

ताजा नेपाल