Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नवधनाढ्यहरुको यस्तो तुजुक

काठमाडौं । नेकपाका नेताहरू बिचौलिया र दलाली गरेर कमाउनेहरू भन्दा लगानी नगरी डन र गुण्डाहरूको भेषमा व्यवसायीहरूलाई धम्क्याएर अशुल्ने दिपक मनाङे, मिलन चक्रेभन्दा पनि घटिया हुँदैछन् । यिनैसँग देश लुटेको पैसा छ । १० वर्षे जनयुद्धका बेला माओवादीले जहाँ जति बैंक लुटे । त्यो पैसा र सुनले ती नेताको सान सौगात देखिँदैछ । पार्टी शान्ति वार्तामा आएपछि हिजोको कमाई कति खोजि भयो ? अध्यक्ष प्रचण्ड, डा. बाबुराम र मोहन वैद्य कहिल्यै जिम्मेवार भएनन् । बरु उनीहरूले गुटको भरमा अपराध कर्ममा जुटेका नेताहरूमाथि छानविन गरेनन् । डा. बाबुरामले देवेन्द्र पौडेलको बचाउ गर्दा वर्षमान पुन र जनार्दन शर्मा प्रचण्डबाट संरक्षण हुनु नौलो होइन । पौडेललाई सुन लुकाएको आरोप लाग्यो । पुन र जनार्दनले पैसा लुकाए भनियो । त्यो केश त्यसै सेलायो ।

अहिले जनार्दन र वर्षमान त्यो बेलाको गाडधन पटक पटक सत्तामा रहँदा गरेको कमाई देखाईरहेका छन् । देवेन्द्र पौडेल, डा. भट्टराई प्रम हुँदा राजनीतिक सल्लाहकार भए, अहिले सांसद छन् । पार्टीको स्कुल विभागको उपसंयोजक छन् । गुण्डाहरूलाई राजनीति कलरमा च्याप्ने काम हिजो एमाले र काँग्रेसले गरे । त्यो शिक्षा माओवादीले लियो । मिलन चक्रेहरू लगानी बिनाका हिस्सा खोजी गर्छन् । नपाए गोली ठोक्छन् । नेकपाका नेताहरू राजनीतिक कलेबरमा कमिशनखोर र घुस्याहा भएका छन् । यिनैलाई पार्टीको पावर, सरकारको शक्ति प्रयोग गरेका छन् ।

जनार्दन शर्मा रुकुम, वर्षमान पुन रोल्पा तत्कालिन नेकपा माओवादीका धनाढ्य बनेका छन् । शर्माले खुला देखाएका छैनन् । महरालाई गच्छदार शैली भनेर खेद्ने यिनै हुन् । तर वर्षमान पुनले आफू बाहेक आफ्ना नातागोता आठजनालाई स्थानीय तहदेखि संघीय संसदमा पु¥याएका छन् । उनी अध्यक्ष प्रचण्डको कोटाबाट अहिले ऊर्जामन्त्री बनेका छन् । यिनले हालै ललितपुरको हात्तिबनस्थित क्लासिक टावरमा चार फ्लाट खरिद गरेका छन् । रु १ करोड १५ लाखका दरले खरिद गरिएका ती फ्ल्याटहरू बहिनी सुशीला पुन, श्रीमती ओनसरी घर्ती, उनका भाई र आफ्नै भाइ प्रनिश पुनको नाममा रहेको मालपोत कार्यालय ललितपुर सूत्रले बताएको छ । सो रकम कर छल्ने प्रयोजनका लागि देखाइएको मात्रै हो ।

त्यही देखिने ४ करोड ६० लाख पनि जनयुद्धबाट आएका पार्टीका नेता, जीर्ण शरीर पटक पटक विदेशमा उपचार गराउने मान्छेसँग कसरी भयो ? त्यही रोल्पाका युवाले बलिदानी दिएर सत्तामा पु¥याएका वर्षमानले करोडौंका सुख सुविधा खरिद गरिरहँदा रोल्पाका उनका मतदाताको हालत कस्तो छ ? कहिल्यै विचार पु¥याएका छन् ? उनी रोल्पाका सांसद हुन् । नेत्रविक्रम त्यही ध्वस गर्न लागेका छन् । वर्षमानकै हस्तक्षेपका कारण आहुतीले पार्टी छाडे । आहुतीले आफ्नै श्रीमतीलाई ललितपुर २ बाट प्रदेश सभा सदस्य उठाउन चाहेका थिए । प्रचण्डप्रति उनको विश्वास थियो ।

उनकी श्रीमती स्थानीय थिइन् । प्रचण्डको नजिक भएकाले वर्षमानले बहिनी सुशीला पुनलाई प्रदेश सांसदको उम्मेदवार बनाएरै छाडे । स्थानीय पार्टीले साथ दिएन तर निर्वाचन भने जितेकी थिइन् ।  रोल्पामा उनको मन लाग्दी छ । सभामुख महरा र वर्षमानका मान्छे मेयर, उपमेयर छन् । यिनीहरूकै कारण नेत्रविक्रम चन्द बिच्किएका हुन् । श्रीमती ओनसरी घर्ती सांसद छिन् । पहिले सभामुख थिइन् । लिवाङ नगरपालिकाका प्रमुख कृष्णबहादुर महराका ज्वाइँ पूर्ण केसी हुन् ।

उपमेयर वर्षमानकी बहिनी मानकुमारी छिन् । वर्षमानले आफ्नो जिल्लाबाहेक अन्यत्र पनि हस्तक्षेप गर्दा माओवादीभित्र देखिएको हुँडार प्रवृत्तिको विरुद्ध जनमत बढेर गएको हो । अहिले अपरध गरेर पैसा कमाउनेहरूकै कारण नेकपा प्रतिको निष्ठा खस्कन थालेको हो । पार्टीमा हुँडारहरू बढ्दै गए भने निष्ठावान र इमान्दार कार्यकर्ता पाखा लाग्छन् ।

धन देखाएर सँधै नेतृत्वमा रहन सकिँदैन, त्यसरी प्रचण्डलाई तर्साउने धेरै थिए । एमालेमा केपी गुटको इतिवृत्ति पनि लामो छैन । वर्षमान कति सौखिन छन् भन्ने कुरा उनी सरकारी क्वार्टरमा बस्छन्, बालुवाटारमा डेरा छाडेका छैनन् । त्यहाँ बिचौलियासँग भेटघाट गर्छन् । आफू बेल्जियमको सुट लगाउँछन्, आफ्ना मातहतका कर्मचारीलाई जहिल्यै ड्रेस भएन भनेर कराउँछन् । जबकि कर्मचारीलाई वार्षिक रुपमा ड्रेसबापत १० हजार रुपैयाँ मात्रै दिँदै आएको छ । उनकी श्रीमती ओनसरी घर्ती मन्त्री क्वार्टरमै बस्छिन् तर संसद सचिवालयबाट क्वार्टर भाडा लिन्छिन् ।

कमिशन लिनका लागि बालुवाटारको पुरानो डेरा यथावत राखेर सातदोबाटो नजिकैको क्लासिक टावरमा खरिद गरिएको चार फ्ल्याट पनि छँदैछ । जनयुद्धमा बैंक लुटिएको पैसाको केही हिस्सा अर्थमन्त्री बन्दा सोहोरेको कमाई र अहिले ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बन्दाको कमाईले किनियो फ्ल्याट के आकाशबाट बर्सेको हो । कतै पुनले अब रोल्पा छाडेर ललितपुरमा राजीनिक किलो गाड्न खोजेका त होइनन् । नेकपा ललितपुरले टुरिष्टहरूलाई प्रवेश नदिने भनेको छ । प्रधानमन्त्री ओली समृद्ध नेपाल सुखी नेपालीको गिता गाउँछन् । ऊर्जामन्त्री वर्षमान ५ वर्षमा १० हजार मेगावाट विद्युत निकाल्छु भन्छन् । उनको वक्तव्य गोरखापत्रले पनि छापेन । पैसा खर्च गरेर एक सप्ताहिमा छपाइयो । पहिले त्यही साप्ताहिकमा उनको लुटपाट क्रमशः छापिन्थ्यो ।


सम्बन्धित समाचार

आज कहाँ कहाँ पर्छ पानी ?

२०८१ आश्विन १३

ताजा नेपाल

बाढी पहिरोमा १०० जनाको ज्यान गयो

२०८१ आश्विन १३

ताजा नेपाल