Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नाइट क्लबमा प्रहरी छिर्दा १३ जनाको ज्यान गयो

एजेन्सी । पेरूको एक नाइट क्लबमा प्रहरीले छापा मार्दा मच्चिएको भागदौडमा १३ जनाको मृत्यु भएको छ । कोरोना भाइरसको महामारीपछि कायम गरिएको प्रतिबन्धलाई अटेर गर्दै लिमा नामको नाइट क्लबमा पार्टी गरिएपछि प्रहरीले छापा मार्दा त्यहाँ भागदौड मच्चिएको थियो । सो क्रममा १३ जनाको मृत्यु भएको समाचार संस्था रोयटर्सले जनाएको छ । पब्लिक प्रोसेक्युटरको कार्यालयले आइतबार मृत्यु भएका १३ जनामध्ये ११ जनामा कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको जनाएको छ।
भागदौडमा तीन प्रहरीसहित छ जना घाइते भएका छन्। प्रतिबन्धनकाबीच क्लब सञ्चालन गरेको भन्दै त्यसका सञ्चालकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । कोरोनाभाइरसको संक्रमण बढेपछि पेरुमा नाइटक्लब, बारहरु मार्चदेखि बन्द गरिएको छ भने पारिवारिक जमघटमा पनि प्रतिबन्ध लगाइएको छ।