Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नाउपामा देखियो भाँडभैलो, आज नयाँ समिति तोकिँदै

कैलाली । नागरिक उन्मुक्ति पार्टी नाउपाले आज नयाँ कार्यसमिति चयन गर्ने भएको छ । हिजोदेखि काठमाडौँमा राष्ट्रिय भेला जारी छ । बहुमत केन्द्रीय सदस्यले आह्वान गरेको भेलामा रन्जिता पक्षका केन्द्रीय सदस्य तथा सांसद उपस्थित छैनन् । हिजो अध्यक्ष रन्जितालाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको भेलाले आज नयाँ कार्यसमिति चयन गर्ने छ । टीकापुरमा सम्पन्न पहिलो महाधिवेशनबाट निर्वाचित नछुट्ने गरी भेलाबाट कार्यसमिति चयनको तयारी गरिएको हो । अहिलेसम्म अध्यक्षमा निर्वाचन एवं अनुशासन आयोगका अध्यक्ष रामलाल डगौरा, प्रतिनिधि सभा सदस्य लालवीर चौधरी र गङ्गा चौधरीको चर्चा छ । लालवीर चौधरी रेशम चौधरीका बुवा हुन् भने रामलाल टीकापुर नगरपालिकाका मेयर हुन् । उनकै अध्यक्षतामा अहिले राष्ट्रिय भेला भइरहेको छ । अर्का आकाङ्क्षी गङ्गा चौधरी टिकापुरको महाधिवेशनबाट महासचिव बनेका थिए । तर, त्यसलाई निर्वाचन आयोगले मान्यता दिएन । उनी अहिले नाउपा संसदीय दलको नेता पनि हुन् । अध्यक्षसहित १ वरिष्ठ उपाध्यक्ष ७ प्रदेशका संयोजक रहनेगरी ७ उपाध्यक्ष १ महासचिव र ७ सह महासचिव तोक्ने तयारी छ । नयाँ कार्यसमिति तयार गर्ने रणनीतिमा रहेका रेशम चौधरी निर्वाचन आयोगको परामर्शमा छन् । यता बहुमत सदस्यहरूको भेलाबाट अध्यक्षबाट हटाइएकी रन्जिता श्रेष्ठले पछिल्लो गतिविधिले पार्टी अझै कमजोर बनेको टिप्पणी गरेकी छन् । विधि विपरीत केन्द्रीय समितिको बैठक बोलाइएको, त्यस्तै गरी राष्ट्रिय भेला बसिरहेको भन्दै उनले यस्ता गतिविधिले नाउपामा अझै समस्या निम्त्याएको बताइन् । राष्ट्रिय भेला नै अवैधानिक भएको भन्दै आफूमाथि गरिएको कारबाहीको कुनै औचित्य नभएको उनको भनाइ थियो । राष्ट्रिय भेला बोलाएर पार्टीभित्र थप किचलो निम्त्याउन खोजेको उनको आरोप छ । आफूले नबोलाएको भेला अवैधानिक भएको भन्दै त्यो भेलाले गरेको बसै निर्णयहरू निर्वाचन आयोगले मान्यता नदिने उनको भनाइ थियो । नाउपाको विधानले बैठक बोलाउने अधिकार हरेक कमिटीको अध्यक्षलाई दिएको छ । अध्यक्षको निर्देशनमा महासचिवले वा सचिवले बैठक बोलाउने व्यवस्था छ । शनिवार बसेको संसदीय दलको बैठकले केन्द्रीय समितिको बैठक आह्वान गर्ने निर्णय गरेको हो । बहुमत केन्द्रीय सदस्यहरूले अध्यक्षलाई बैठक बोलाउन माग गरे, अध्यक्षले बैठक नबोलाएपछि स्पष्टीकरण सोधियो । त्यसको जवाफ पनि नदिएपछि राष्ट्रिय भेला बोलाएर उनलाई बर्खास्त गरियो । निर्वाचन आयोगमा रहेको तथ्याङ्क अनुसार नाउपामा २१ सदस्यीय केन्द्रीय समिति छ । उक्त विवरणले महासचिवका रूपमा गङ्गा चौधरीलाई चिन्दैन । उनलाई पहिलो केन्द्रीय महाधिवेशनले महासचिवको रूपमा निर्वाचित गराएको थियो । जुन निर्वाचन आयोगले मान्यता दिएन । कानुनी रूपमा महासचिव नै नरहेको व्यक्तिले महासचिव भन्दै पत्र काटेर पार्टीको लेटर प्याडको पनि दुरुपयोग गरेको उनको आरोप छ । साउन ११ गते श्रेष्ठले कास्कीका शिव बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी सुम्पिएपछि नाउपाभित्र थप विवाद चर्किएको थियो । अध्यक्षले विधि विपरीत कार्यवाहक तोकेको भन्दै निर्वाचन एवं अनुशासन आयोगले उनलाई साधारण सदस्य समेत नरहनेगरी कारबाहीको सिफारिस गर्दा उनले अध्यक्ष श्रेष्ठले आफूले आफ्नो अधिकार प्रयोग गरेर विधानअनुसारै कार्यवाहक तोकेको बताइन् । उनले एक वर्ष पहिले वरिष्ठ नेता मनोनीत गर्दा विवाद नगर्ने अहिले विवाद गर्नुको कुनै औचित्य नभएको बताइन् ।


सम्बन्धित समाचार

बालेनको नेतृत्वमा कसरी बन्छ सरकार ?

२०८२ फाल्गुन २७

ताजा नेपाल

दुई तिहाई नजिक पुगेर रोकियो रास्वपा

२०८२ फाल्गुन २७

ताजा नेपाल

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल