Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नागकिरता विधेयक फेरि शितल निवासमा

काठमाडौं। संसदका दुवै सदनबाट पारित नागरिकता विधेयकलाई प्रमाणीकरणका लागि दोेस्रो पटक राष्ट्रपति कार्यालयमा पठाएका छन्। सोमबार सभामुख सापकोटाले विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय शितल निवास पठाएका हुन्। यसअघि पनि संसदका दुवै सदनले पारित गरेको विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाइएको थियो। तर राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न १५ बुँदे सुझावसहित साउन २९ गते विधेयक फिर्ता गरिदिएकी थिइन्। यो बीचमा राष्ट्रपतिले दिएको सुझाव बेवास्ता गर्दै संसदमा दुवै सदनले बिधेयक हुबहु पारित गर्दै प्रमाणीकरणका लागि फेरि राष्ट्रपतिकहाँ पठाएको हो। संविधानमा फिर्ता पठाएको विधेयक पुन राष्ट्रपति समक्ष पेश भएका राष्ट्रपतिले १५ दिनभित्र प्रमाणीकारण गर्नेपर्ने व्यवस्था छ। तर नागरिकता विधेयक जस्तो गम्भीर विषयमा के गर्ने भन्ने विषयमा राष्ट्रपति भण्डारीले आफ्ना सल्लाहकारसँग छलफल गर्ने शितल निवास स्रोतले जनाएको छ।
‘संवैधानिक दायित्व र संविधानको रक्षा गर्ने दुवै दायित्व राष्ट्रपतिको हो। नागरिकताको विषय राष्ट्रियतासँग जोडिएको हुनाले सम्माननीयज्यूले आफ्नो टिमभित्र छलफल गर्नुहुन्छ, शितल निवास स्रोतले भन्यो, अझै १४ दिनको समय छ, अहिले छलफल कै क्रममा रहेको हुनाले केही भन्न सक्ने स्थिति छैन। राष्ट्रपति भण्डारीमाथि विधेयक प्रमाणीकरण नगर्न चौतर्फी दबाव छ। नागरिक समाज, स्वतन्त्र बुद्धिजिवीले विधेयक प्रमाणीकरण नगर्न राष्ट्रपतिलाई सुझाव दिँदै आएका छन्। प्रतिनिधि सभाले भदौ २ गते राष्ट्रपतिले फिर्ता पठाएको विधेयक जस्ताको तस्तै पारित गरेको थियो। त्यस्तै, राष्ट्रिय सभाले पनि भदौ १७ गते विधेयक जस्ताको तस्तै पारित गरेको थियो। राष्ट्रिय सभाले पुनर्विचारका लागि विधायन व्यवस्थापन समितिमा पठाए पनि विधेयकमा कुनै परिवर्तन भएन।