Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नाडा पदाधिकारीमा क–कसले जिते ?

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल नाडाको महासचिवमा सुरेन्द्र कुमार उप्रेती र कोषाध्यक्षमा मिलनबाबु मल्ल निर्विरोध निर्वाचित भएका छन् । उप्रेती यसअघि नाडा कार्यसमितिका कोषाध्यक्ष रहेका थिए ।

गत मंसिर २३ गते काठमाडौंमा नाडाको ४५ औं वार्षिक साधारण सभाले नाडाको अध्यक्षमा निर्वाचित ध्रुववहादुर थापा सहित कार्यसमिति सदस्यहरूले बुधबार पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण सँगै नाडा कार्यसमिति समेत चयन भएको हो ।

यस्तैगरी, केन्द्रीय उपाध्यक्षमा राजनबाबु श्रेष्ठ, सुनिल रिजाल र निराकर श्रेष्ठ, सचिवमा बिक्रम सिंघानिया र सहकोषाध्यक्षमा पंकज अग्रवाल निर्वाचित भएका छन् ।

उपाध्यक्षको निर्वाचनमा रिजाल र निराकर श्रेष्ठले बराबर मत ल्याएपछि दुई कार्यकाल हुने नाडा कार्यसमितिमा एक÷एक वर्ष कार्यकाल बाड्ने सहमति भएको छ । पहिलो वर्ष रिजाल र दोस्रो वर्ष श्रेष्ठले उपाध्यक्षमा बस्ने सहमति भएको अध्यक्ष थापाले जानकारी दिए ।

यस्तै, प्रदेश उपाध्यक्षमा सुवास आचार्य र मोहनबाबु खड्का निर्वाचित भएका छन् ।

थापाले पदभार ग्रहण कार्यक्रममा अध्यक्ष थापाले जगदम्बा मोटर्सका निर्देशक दीपक अग्रवाल, हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिका निर्देशक अभिमन्यू गोल्छा र स्याकार ट्रेडिङका जनरल मेनेजर सोहनलाल श्रेष्ठलाई सदस्यमा मनोनित गरेका हुन् ।

मनोनित तीनै सदस्य मोटरसाइकल आयात तथा विक्री गर्ने कम्पनीका प्रतिनिधि हुन् ।

नाडाको विधान अनुसार १७ जना निर्वाचित सदस्य, ७ जना प्रदेशबाट निर्वाचित सदस्य र तीन जना मनोनित सदस्यसहित २७ जना सदस्य रहने व्यवस्था छ । नयाँ कार्यसमितिमा निवर्तमान अध्यक्ष स्वतः कार्यसमिति सदस्य रहने छन् ।

यो पनिस्