Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नाबालिग बलात्कारको आरोपमा सेनाका अमल्दार पक्राउ

काठमाडौं । नाबालिगलाई बलात्कार गरेको आरोपमा प्रहरीले गोरखाबाट नेपाली सेनाका अमल्दारलाई पक्राउ गरेको छ । बाग्लुङ गल्कोट–११ घर भएर सेनाको सडक निर्माण कार्यदलमा कार्यरत अमल्दार मनबहादुर रानालाई पक्राउ गरिएको गोरखाका एसपी केदार खनालले बताएका छन् । रानामाथि चुमनुब्री–३ स्थित सिर्दिबासमा तरकारी टिप्न गएकी १४ वर्षीया नाबालिगलाई बलात्कार गरेको आरोप छ । उनलाई भदौ २५ मा पक्राउ गरिएको एसपी खनालले जानकारी दिए । अरोपीमाथि जबर्जस्ती करणी मुद्दामा म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।