Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । दार्चुला घटनामा भारतले सार्वजनिक रूपमा माफी माग्नुपर्ने माओवादी केन्द्रले बताएको छ । राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले भारतीय सीमा सुरक्षा बलले तुइन काटिदिँदा जयसिंह धामी बेपत्ता भएको घटनामा भारतले क्षमायाचना गर्नुपर्ने बताएका हुन् । बुधबार राष्ट्रिय सभाको बैठकमा नेता श्रेष्ठले भने, दार्चुला घटनामा भारतले अविलम्ब नेपाल र नेपाली जनतासमक्ष सार्वजनिक रुपमा क्षमायाचना गर्नुपर्छ । त्यस्तै उनले नेपाल सरकारले बनाएको छानबिन समितिले पनि तत्काल सत्यतथ्य पत्ता लगाई दोषीलाई कारबाही र पीडितलाई राहतको व्यवस्था गर्नुपर्ने माग गरे । त्यस्तै उक्त घटनाबाट नेपाली जनतामा पीडा उत्पन्न भएको श्रेष्ठले बताए । महाकाली तर्दातर्दै एसएसबीले (तुइन काटिदिएपछि) वैदेशिक रोजगारीमा हिँडेका युवक जयसिंह धामी गत साउन १५ गते महाकालीमा बेपत्ता भएका थिए ।
२०८१ आश्विन २५
ताजा नेपाल
२०८१ आश्विन २५
ताजा नेपाल
२०८१ आश्विन २५
ताजा नेपाल