Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

निगमभित्रका मुसाहरू जुर्मुराए

काठमाडौं । जतिसुकै सुधारको प्रयास होस् नेपाल आयल निगमलाई सताउने डिकुुरे मुसाहरूले एउटा न एउटा हदकण्डा रच्दै आएका हुन्छन् । निगमको इन्धन ट्याक्टरबाट चोर्नै पाउनु पर्ने माग गर्ने चालक पालेर निगमले कस्तो प्रगति गर्ला ? तर निगममा बेथिती हटाउनु अहिलेको व्यवस्थापन शुरुदेखि नै खटेको हो । विभागीय मन्त्री स्वच्छ भए भने निगमको सुधारमा सघाउँछ । अहिले आपूर्ति मन्त्री लेखराज भट्टको प्रयास आफ्नो मातहतमा रहेका उद्योग र आपूर्तिको क्षेत्र सुधारमा केन्द्रीत छ । आफ्नै तलबको ठेगान नभए पनि प्रबन्ध निर्देशक सुरेन्द्र कुमार पौडेलले कर्मचारीको चित्त बुझाउँदै आन्तरिक सुधारको शुरुआत गरे । सुशील भट्टराई, नागेन्द्र साह, विशाल ओझा, विरेन्द्र गोइतको केन्द्रीय ब्यूरोले चलाएको सुधारले ट्यांकरबाट इन्धन चोरी नियन्त्रण गर्न लकिङ सिस्टम लागू गर्नु सकारात्मक कदम थियो । तर एयरपोर्ट डिपोबाट ट्यांकरको ताला खोल्ने मास्टर कि गायब भएपछि निगम व्यवथापन हैरान छ । हवाई इन्धन डिपोको यो हविगतले धेरैलाई झस्काएको छ ।
तेल चोर्न पाउनु पर्ने आफूहरूको नैसर्गिक अधिकार हो भन्ने ट्यांकर ड्राइभर समूहका नेता पशुपति पाठक जस्ता धुर्तहरू कति छन् जसले तेल चोरेर निगमलाई घाटामा पु¥याउन खुलेआम सक्रिय हुँदा राज्य टुलुटुलु हेरेको छ । चोरी पेशा गर्नेले त मेरो पेशा बेठीक भन्दैन । तर नेपाल आयल निगम जस्तो सार्वजनिक सरोकारको संस्थामा संस्थागत सुधार भन्दा विकृति चम्काउन तयार हुने कुलंगारहरू किन पालिन्छ । यस्तै कुकर्मको नियन्त्रण गर्न इन्धनलाई पाइपबाट नेपाल भिœयाउने कामको थालनी भएको हो । पौडेलले जस लिने काम धेरै गरे । महेशमान श्रेष्ठकै कमजोरीले एउटा मास्टर कि हराएको हो । उनले गोप्यता राखेको भए मास्टर कि हराउने थिएन । निगमले २०७४ चैतदेखि ट्यांकरमा लकिङ प्रणाली लागू गरेको हो । तेल चोरैर बेच्न पल्केका ड्राइभरदेखि इन्धन डिपोमै मिसावट गरेर निगमलाई डुबाउनेहरू संस्थानलाई धरासायी बनाउने बहादुर कर्मचारी सुधारकै क्रममा थलिएका हुन् । निगम सुधार्ने भन्दा आफू कमाउने कर्मचारीलाई जस्तै अपराध गरे पनि निगमले कारबाही गरेको रकेर्ड छैन । त्यही कारण सुरेन्द्र पौडेलको सुधार अभियानको बाधक मास्टर कि चोरेका चोरलाई कारबाही हुन्छ भन्ने विश्वास गर्न सकिँदैन । अहिलेका मन्त्रीलोभी छैनन् । निगमले श्रेष्ठलाई तानेर अभिषेक ठाकुरलाई खटाएको छ । इन्धन चोरी र मिसावट निगम भित्रको गहना हो । सुधारको कुरा सबैले गर्छन । तर निरन्तरता प्रमुख कुरा हो । टिमको सक्रियता व्यवस्थापनको सफलता हो । यस्ता विषयमा प्रबन्ध निर्देशकहरूको ध्यान जानु जरुरी छ ।


सम्बन्धित समाचार

मदिराले मातेका बाबुले गरे छोराको हत्या

२०८१ आश्विन १९

ताजा नेपाल

कर्तव्य नभुलेको रविको घोषणा

२०८१ आश्विन १९

ताजा नेपाल