Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नियन्त्रित लागूऔषध सहित पक्राउ

नवलपरासी । कावासोती नगरपालिका-१६ स्थित पूर्वपश्चिम राजमार्गबाट नियन्त्रित लागूऔषध फेनारगन ७५ एम्पुल, नुर्फिन ७५ एम्पुल र डाइजेपाम ७५ एम्पुल सहित ३ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा कास्की पोखरा महानगरपालिका-१५ मालेपाटन बस्ने २७ वर्षीय दिनेश बिक, सोही महानगरपालिका-३१ बस्ने २७ वर्षीय सुनिल गायक र काठमाडौं महानगरपालिका-१४ बस्ने ३४ वर्षीय अजय सुनार रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले लु।२ ख १५७९ नम्बरको बस जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।