Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । कुनै कुनै घटनाको छेकछन्द पाउन प्रहरीले सक्दैन भने केही घटनामा सबै कुरा थाहा पाएर पनि लाचार बन्नु पर्ने अवस्था आउँछ भन्ने कुराको उदाहरण कञ्चनपुरकी निर्मला पन्त प्रकरणले दिउको छ । काठमाडौंको कपनस्थित सरस्वतीनगरमा एक महिलाको दिनदहाडै हत्या भएको एक हप्ता बित्न लाग्दा पनि प्रहरी अनुसन्धानले कुनै मेसो भेट्टाउन सकेको छैन । बैशाख ७ गते मातातीर्थ औंसीका दिन ३५ वर्षीया निरा आचार्य आफ्नै भाँडा पसलमा हत्या गरिएको अवस्थामा भेटिएकी थिइन् । पसलमा आइपुगेका व्यक्तिले देखेपछि उक्त घटना सार्वजनिक भएको थियो । काठमाडौंको त्यति व्यस्त ठाउँमा दिनदहाडै भएको हत्या कसैले थाहा नपाउनु अचम्मलाग्दो छ’, अनुसन्धानमा खटिएका एक अधिकारी भन्छन्, अहिलेसम्म कुनै क्लु भेटिएको छैन । अनुसन्धानका क्रममा आचार्यले बैंकमा फिक्स डिपोजिट राखेको १९ लाख रुपैयाँ त्यसै दिन एक वर्ष पुगेर अर्को बैंकमा सारिएको थियो । घटनास्थलमा कसैलाई बिक्री गर्न झोलामा राखिएको अवस्थामा सामान पनि भेटिएको छ । सडक छेवैमा पसल भए पनि काउन्टर भित्रपट्टि छ । अगाडि राखिएका भाँडाहरुले काउन्टर देखिँदैन । काउन्टरभित्र निरा लडेको अवस्थामा भेटिएकी थिइन्, ती अनुसन्धान अधिकृतले भने । छेवैमा अर्को पसल रहे पनि सबैले अनभिज्ञता व्यक्त गरेका छन् । प्रहरीले आर्थिक कारोबार, लुटपाट र रिसइबीलाई केन्द्रमा राखेर अनुसन्धान गरिरहेको छ । निराका श्रीमान उक्त पसलभन्दा करिब ४ सय मिटर दुरीमा अर्को भाँडा पसल सञ्चालन गर्दै आएका थिए । प्रहरीले निरा र उनका श्रीमानबीचको सम्बन्धबारे पनि अध्ययन गरिरहेको छ ।
स्रोतका अनुसार निराका आफन्तहरुलाई पनि अनुसन्धानको दायरामा राखिएको छ। कसैले थाहा नपाउने गरी घटना भएर मान्छे फरार भएकाले हामीले विभिन्न पक्षहरुलाई केलाएर अनुसन्धान गरिरहेका छौं । प्राविधिक अनुसन्धानमा पनि जोड दिएका छौं, अनुसन्धानमा खटिएका अधिकारी भन्छन् ।
यो घटनामा यतिबेला काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौं प्रहरी परिसरले अनुसन्धान गरिरहेका छन् । विगतका अन्य घटनामा झै यी दुई युनिट कसले पहिला अभियुक्त पत्ता लगाउने भनेर तँछाडमछाडमा देखिएका छन् । त्यसो त काठमाडौं उपत्यका प्रहरी कार्यालयले एसएसपी हिमालय श्रेष्ठको संयोजकत्वमा अनुसन्धान समिति पनि बनाएको छ । तर, अहिले पनि काठमाडौं उपत्यका अनुसन्धान कार्यालय र काठमाडौं प्रहरी परिसर आआफ्नै पाराले अनुसन्धान गरिरहेका छन्, ती अधिकारीले भने, दुवै युनिटले आफ्नो सम्पूर्ण शक्ति यो घटनामा लगाएको देखिन्छ । कसले पहिला मान्छे पत्ता लगाउने भन्ने होड देखिएको छ ।’ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख मनोज केसी र काठमाडौं प्रहरी परिसरका प्रमुख दानबहादुर कार्की भर्ना ब्याची हुन् ।
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल