Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

निर्मला हत्या काण्ड झन रहस्यपूर्ण, तत्कालिन प्रहरी टोली निर्दोष

काठमाडौं । सिंगो मुलुक हल्लाउने गरी भएको एउटा जघन्य अपराधमा सरकारले प्रमाण लुकाएको आशंकामा बर्खास्त गरेका प्रहरी अधिकारीले सफाई पाएका छन् ।
कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको दुई वर्षपछि सो घटनाको अनुसन्धन गरेका प्रहरी अधिकारीले सफाई पाएका हुन् । घटनाको प्रमाण लोप गरेको आरोप लागेका प्रहरी अधिकारीले जागिर खोसिएको दुई वर्षपछि सफाइ पाएका छन् । तत्कालिन कञ्चनपुरका प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टसहित ८ जना प्रहरी विरुद्ध दर्ता भएको सार्वजनिक न्यायविरुद्धको कसूर र यातनासम्बन्धी कसूरमा उनीहरुले जिल्ला अदालत कञ्चनपुरबाट सफाइ पाएका हुन् । उनीहरुविरुद्ध निर्मला पन्तको बलात्कारपछि हत्या भएको प्रमाण नष्ट गरेको र हिरासतमा रहेकालाई यातना दिएको भनी मुद्धा परेको थियो । मुद्धा लागेपछि निलम्बित प्रहरीलाई काममा फर्किन बाटो खुलेको छ । तर एसपी विष्‍ट भने बर्खास्तीमा परेका थिए । निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा एसपी विष्टसहित डीएसपी अंगुर जिसी र ज्ञानबहादुर सेटी, इन्सपेक्टर एकीन्द्र खड्का, जगदिश भट्ट, सई हरिसिंह धामी, रामसिंह धामी र हवल्दार चाँदनी साउदले प्रमाण नष्ट गरेको आरोप लागेको थियो ।