Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह निर्वाचन तालिका स्थगन गर्न माग गर्दै आयोग जाने भएको छ । देउवा समूहका नेता मीनबहादुर विश्वकर्माका अनुसार पार्टी मुख्यसचिव र पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती निर्वाचन आयोग जाँदैछन् । हामीले केहीबेरअघि सर्वोच्चमा दायर गरेको रिटको प्रमाणित पत्र लिएर उहाँहरू निर्वाचन आयोग जानुहुन्छ, उनले भने । फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदैछ । निर्वाचनका लागि माघ ६ गते मनोनयनको तालिका छ । पार्टीको विशेष महाधिवेशनबाट गगनकुमार थापासहितको कार्यसमिति निर्वाचित भएको छ । यसलाई निर्वाचन आयोगले आधिकारिकता रहेको निर्णय सुनाइसकेको छ । देउवा समूहले आयोगको निर्णय खारेज गर्न माग गर्दै आजमात्रै रिट दायर गरेको छ । पेसी माघ ६ गतेलाई तोकिएको छ ।
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल