Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

निर्वाचन सुरक्षा रणनीति यस्तो बन्दै

काठमाडौँ । अदालतमा विचाराधिन रहेको संसद विघटनको मुद्दा छिनोफानो नभए पनि निर्वाचनका लागि सरकारको तयारी शुरु भइसकेको छ । सुरक्षा निकायहरूले आउँदो वैशाख १७ र २७ गतेका लागि घोषणा गरिएको प्रतिनिधिसभा निर्वाचन लक्षित सुरक्षा रणनीति पेस गरेका छन् । बजेट र आवश्यक उपकरणको प्रारम्भिक खाका पनि पेस गरिएको छ ।

गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा अर्थमन्त्री विष्णु पौडेल, गृह सचिव महेश्वर न्यौपाने, अर्थ सचिव शिशिर ढुंगाना तथा प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सहभागी बैठकमा यसअघि गठित निर्वाचन सुरक्षा तथा तयारी समितिका तर्फबाट तयार पारिएको खाका पनि पेस गरिएको छ । गृह प्रवक्ता चक्रबहादुर बुढाको संयोजकत्वमा गृहमन्त्री थापाले चारवटै सुरक्षा निकायका अधिकारी सम्मिलित समिति पुस १४ मा गठन गरेका थिए ।

उक्त समितिले निर्वाचन सुरक्षा, मतदानस्थल, जोखिम मूल्यांकन, विगतका निर्वाचन सुरक्षा रणनीति समीक्षालगायतलाई आधार मानेर सुरक्षा रणनीतिको अन्तिम रूप दिनेछ ।