Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेकपा बाहिरिएपछि कांग्रेस, एमाले र जसपाले गरे भागबन्डा

काठमाडौं । नेकपासँग तालमेलका लागि सहमति नभएपछि कांग्रेस, एमाले र जसपाले राष्ट्रिय सभाका १८ सिटमा भागबन्डा गरेका छन्। कांग्रेस, एमाले र जसपा नेपालबीचको सहमति अनुसार कांग्रेसले आफ्नो तर्फबाट नौजना उम्मेदवार टुंगो लगाएको छ। यी तीन दलबीचको सहमतिसँगै पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा यो सहमतिबाट बाहिरिएको छ। नेकपाले कांग्रेस र एमालेसँग चार सिटको दाबी गरेको थियो। तर, कांग्रेस र एमाले नेकपालाई तीन सिटभन्दा बढी दिन तयार नभएपछि नेकपा यो गठबन्धनबाट बाहिरिएको छ। उनले अब सबै प्रदेशमा एकल उम्मेदवारी दिने तयारी गरेको छ। तीन दलले आज बिहान राष्ट्रियसभाको निर्वाचन हुन लागेका १८ मध्ये कांग्रेसलाई ९, एमालेलाई ८ र जसपालाई १ सिटमा भागबण्डा गरेका हुन्। कांग्रेसको आन्तरिक भागबण्डामा शेखर कोइराला पक्षबाट रञ्जित कर्ण, वासुदेव जंगली र गीता देवकोटाले अवसर पाएका छन्।


सम्बन्धित समाचार