Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
अर्जुन ज्ञवाली
चैत्र लागेपछि काग र कोइली चिनिन्छ दुबैको अनुहारले होईन आवाजले । यसैगरी पछिल्लो चरणमा बिशाल नेपालको चर्चा परिचर्चाको बहसले विशेष गरेर बिपरित जस्तो देखिने कथित कम्युनिस्ट नामक माओवादी र आरएसएससँग जोडिएका राष्ट्रवादी हिन्दू धर्मको आवरणमा देखिएका छद्वम राष्ट्रवादिहरूको बिचारमा एउटै स्वर देखिएको छ । माओको आवरणमा युरो इसाई, रअ र नेपालको राजा बिरेन्द्र मार्ने सैनिक गिरोहले चलाएको कथित माओवादीको भारतीय बिस्तारवाद बिरुद्धको सुरुङ युद्ध भाजपा नेता लालकृष्ण आडवाणिको पशुपतिदेखि तिरूपतीसम्म रेड कोरिडोर महाकालेश्वरदेखि पशुपतिनाथसम्मको प्रचण्डको यात्राले नरेन्द्र मोदि कोरिडोरमा रूपान्तरण भएकोछ । हो अहिले हामी विशेषत खुल्ला सिमाना, गोर्खा भर्तीकेन्द्र, नेपाली सेना भारतको मानार्थ सेनापति जस्तो घातक विषयबाट घेरिएको अवस्थाछ । अहिले मौजुदा नेपालनै संकटमा छ । यो अवस्थामा बिशाल नेपाल तत्काल सम्भव देखिँदैन जसरी चिनले ताइवान र हङकङ लियो । तर यो हाम्रो अन्तर्राष्ट्रिय अदालतमा दाबिसहित दर्ज भएको एजेन्डाहो भने यो एजेन्डाले भारतलाई दबाबमा राख्न दरिलो नेतृत्व हुने हो भने सहयोग गर्दछ । जहाँसम्म अहिले माओवादी र आरएसएस आबद्ध नक्कली माओवादी र नक्कली राष्ट्रवादीहरूले विशाल नेपाल भए त्यो जनसंख्या भारतको हुने र नेपालनै नरहने कुतर्क गरिरहेका छन् त्यो नितान्त गलत हो । टिस्टादेखि काङ्गडासम्म बस्ने नेपाली हुन् र विशाल नेपाल अन्तर्गतको भुमिमा बस्ने नेपाली धर्तीपुत्र नै हुन् । किर्ते सुगौली सन्धि बेलायतसँग भएकोहो अहिलेका भारतीय शासक बर्गसँग होइन । सन १९४७ मा बेलायतले भारत छोडिसकेपछि त्यो नेपालले पाउनुपर्ने अधिकारनै हो । यसकारण यो असम्भव एजेन्डा होईन र बिशाल नेपालको भुमि अहिले भारतीय शासक वर्गको नियन्त्रणमा रहे पनि त्यहाँ बसोबास गर्नेहरू नेपालीनै हुन् । दार्जिलिङ, आसाम, मणिपुर, देहरादुन आदि स्थानमा बस्ने ती नेपालीहरूनै हुन् । आरएसएस कथित राष्ट्रवादि हिन्दू नारा दिनेहरू र कथित माओवादीहरू दुबै नेपाल एकीकरण बिरोधि हुन् । आरएसएस हिन्दू एजेन्डामा अखण्ड भारतको नाममा नेपाल समाप्त पार्न चहान्छ भने कथित माओवादीले सिकम्पोसा दक्षिण एशियाली फेडेरेशनको नाममा, फरक यति मात्रैहो । हो बिशाल नेपालको एजेन्डाभित्र भारत र पश्चिमाका एजेन्टहरू पनि छन् । उनीहरूको काम बेमौसममा यो मुद्दा उठाएर जनताको देशभक्ती भावनामाथि खेल्दै भारतीय जासुसी सस्थाको काम गर्दछन् । तिनीहरू लाई कसरी पहिचान गर्ने ? आजको ज्वलन्त प्रश्न हो । जसले नेपालको सेना भारतको मानार्थ सेना हटाउने एजेन्डा उठाउँदैन, खुल्ला सिमा नियन्त्रणको विषय उठाउँदैन, गोर्खा भर्तीको विकल्पको एजेन्डा उठाउँदैन, दरबार हत्याकाण्ड २०५८ जेष्ठ १९ मा नेपालकै सेनाको सम्लग्नताको विषय उठाउँदैनन् तिनीहरू बिशाल नेपाल, हिन्दूधर्मको एजेन्डा बोकेका भारतीय अमेरिकी एजेन्ट हुन् । विशाल नेपालसँग गुरु गोरखनाथ, भगवन्तनाथ, बहादुर शाह लगायत नेपाली सेनाका विरहरूको इतिहास छ, जसले उहाँहरूको नाम लिदैनन् ती एजेन्ट हुन् । जहाँसम्म बिशाल नेपाल कुनै दिन पुनर्स्थापना भयो भने भारतको जनसंख्याले खान्छ भन्ने दलालहरूले हेक्का राख्न जरुरी छ । बिपि, मातृका, गिरिजाप्रसाद कोइराला नेपाली होइनन् तर तराईका लालबाबु पण्डित नेपाली हुन् । सुस्ता, महेशपुर जस्ता क्षेत्रमा आफ्नो भुमिको लागि लडिरहेका तराई बासी नेपाली हुन् । तर नेपालका प्रधानसेनापती बनेका धर्मपालबर सिह थापा, गौरवशमसेर राणा, प्यारजङ थापा, रुकमाङद कटवाल, प्रज्वलसमशेर जबरा नेपाली होइनन् । यिनै दलालहरूले चलाएका एजेन्टहरू राष्ट्रवाद र धर्मको आवरणमा आएका बिशाल नेपाल बिरोधिहरू नेपाली होइनन् । जेहोस यतिबेला छद्वम अनुचरहरू एउटै कितामा देखिएका छन् चाहेती माओवादी हुन् या आरएसएस हिन्दू भन्नेहरू ।
बालेन शाहको अभियान ठिक कि बेठिक ?
काठमाडौ महानगरपालिकाका मेयर बालेन साहले आफ्नो कार्यकक्षमा बिशाल नेपालको नक्सा राखेपछि एक प्रकारको बहस सृजना भएकोछ । यो त्यति ठूलो बहसको मुद्दा बनाउनु पर्ने विषय होईन बहादुर शाहकालिन पुर्खाले निर्माण गरेको इतिहासको स्मरण हो । यो कथित माओवादी नामगरेका जंगली रेबिजलागेका जनहत्याराहरूले भारतीय गुप्तचर सस्था रअ कै योजनामा भारतीय बिस्तारवाद विरुद्ध शुरुङ युद्ध गर्ने भने जस्तो होइन । नत यो मोहनबिक्रम सिहहरूले दिल्लीमा भारतीय सुरक्षा घेरामा बसेर भारतीय बिस्तारबादको नारा दिए जस्तैहो । नत चिनको जासुसी गर्न बनारसमा बसेर माक्र्सवाद, लेनिनवाद, माओबिचारका नाममा भारतीय एकाधिकार पुजिबाद विरुद्ध क्रान्ति भनेर पुस्पलालले नारा दिएजस्तै हो । नत सिआइए र पश्चिमासँग निकट भएपछि तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले नियन्त्रित सिमारेखा तोकिदिएपछि इन्दिराले लात हानेपछि बिपि कोइरालाले दिएको राष्ट्रिय मेलमिलापको २०३३ सालको राष्ट्रबादको नारा जस्तो हो । इतिहासमा देश निर्माणका क्रममा कतिपय सिमाहरू बिस्तार र खुम्चिने क्रम अहिले पनि जारी छ । लिच्छविकालमा नेपालको सिमा टिस्टा काङगडा थियोे पछि छिन्नभिन्न हुनगएको देखिन्छ । पृथ्वीनारायण शाहले शुरुगरेको नेपाल पुनः एकीकरण बहादुर शाहको समयमा बिशाल नेपाल बन्यो । सन १८१६ को किर्ते शुगौली सन्धिले यो सिमा खुम्चियो । उक्त सन्धि तत्कालीन बेलायती शासकसँग भएको थियोे । बेलायतले भारत छोडेर गएको अवस्थामा त्यो नेपालले पाउनुपर्ने हक हो । चिनले मकाउ हङकङ पुनः एकीकरण ग¥यो ताइवान गर्दैछ भने नेपालको पनि हक कायम नभएको होइन । तर अहिले हामी त्यहाँ पुग्नसक्ने अवस्थामा छैनौं । अहिलेको समस्या खुल्ला सिमाना, गोर्खा भर्तीकेन्द, नेपालको सेना भारतको मानार्थ सेना बन्ने परम्पराको अन्त्य नगरी हामी मुक्त छैनांै । यो अवस्थामा ठोस परिस्थितिको ठोस विश्लेषण र कार्यक्रम योजना नीति बिनाको उग्र राष्ट्रबादले नेपाललाई हानी पु¥याउदै आइरहेकोछ । स्वयं भारतीय शासकलेनै माओवादी उग्रबादलाई भारत बिरोधि नारामा नेपाल विरुद्ध परिचालन गरेको हाम्रै अगाडिछ । आज पनि रोल्पा रुकुम तिर भारतीय बिस्तारवाद विरुद्ध शुरुङ युद्ध गर्ने भन्दै खनाएका बङकरहरू छन् । इतिहास शय पचास बर्सको होईन र भिडको आवाज पनि होईन तथ्यमा हुन्छ । इतिहास निर्माण गर्ने कुरा हो पुरखाले विशाल नेपाल निर्माण गरेका थिए । जो जहाँ भए पनि बिशाल नेपालको भुमिमा बस्ने चाहे आसाम होस, दार्जिलिङ, टिस्टा काङ्गडा ती नेपाली नै हुन् । भारतीय बिस्तारबादको नारामा माओवादी सिमापार आतंकवाद भारतीयहरूले चलाएजस्तै बिशाल नेपाल हुँदा भारतकै जनसंख्या बढी हुन्छ भन्ने पेशेवर, पत्रकार बुद्धिजीवी पनि उतैका हुन् । बिसाल नेपालको भुमिमा बस्ने नेपालीनै हुन तथापि त्यो भुमि अहिले भारत अधिनस्थछ । विशाल नेपाल भित्र तिम्रो सिमाना टिस्टा काङ्गडासम्म पुग्नेछ भनेर शिद्ध भगवन्तनाथले पृथ्वीनारायण शाहलाई थमाइदिएको तरवारको इतिहासछ । पृथ्वीनारायण शाहकी छोरी तत्कालीन सल्यानकी राजकुमारी बिलासकुमारिले बेतियामा निर्बासनमा रहेका बहादुर शाहलाई चिट्ठी पठाएर सिद्ध भगवन्तनाथ मार्फत बोलाएर पुनः एकीकरण प्रक्रिया सुचारु गरेको इतिहास छ । यो इतिहासलाई पछिल्लो चरणमा योगि नरहरिनाथले पुनर्जीवित गर्नुभएको थियो । जसरी हङकङ र मकाउमा बस्नेहरू बेलायती शासन भए पनि बेलायति थिएनन् त्यहीँकै नागरिक थिए । बिशाल नेपाल हाम्रो पुर्खाले निर्माण गरेको इतिहासहो भने बर्तमानको आवश्यकता खुल्ला सिमाना नियन्त्रण नेपाली सेना भारतको मानार्थ सेना बन्ने विषयको अन्त्यको खोजिहो ।
महेन्द्र विरोधी अग्रगामीहरू
हुनत यहाँ एकथरी पेशेवर जासुस पत्रकार र फण्डिङ बुद्धिजीवीहरूको अग्रगमन कथित क्रान्तिकारिता राजा महेन्द्रको बिरोधमानै आफुलाई योग्य साबित गर्नेहरू छन् । भुटानी शरणार्थी प्रकरण जस्तै बिगतमा आसाम, मिजोरम, बर्मा, मणिपुरबाट नेपालीहरू लखेटिएका थिए । राजा महेन्द्रले सुझबुझ पूर्णतवरले तिनीहरू लाई तराईमा ब्यवस्थापन गर्नुभयो । यस्तै दुरदर्शिता भएको नेतृत्व भएको भए आज देखिएको भुटानी नेपाली शरणार्थी समस्या हल भैसक्ने थियोे । बर्माबाट लखेटिएर तराईको राजमार्गमा बसेर हातले जग्गा बेच्ने एउटा अग्रगामिले केहिदिन पहिला महेन्द्रको बिरोध ग¥यो । मैले भने आफ्नो इतिहास बिगत हेर्नुभएकोछ ? आजको तपाईंको अवस्था कस्ले गर्दा सुरक्षा भयो ? अलि हच्किदै लाजमाने जस्तो ग¥यो । मैले भने तपाईंत कृतघ्नहोनै तपाईं जस्ता कृतघ्नहरूको बिगबिगिनैछ । किनभने महेन्द्रले ब्यवस्थापन गरेका ती शरणार्थीहरू अहिले काँग्रेस, माओवादी बनेर महेन्द्रको बिरोध गर्दै अग्रगामी बनेका छन् । जहाँसम्म २०१७ सालको कदमछ त्यो महेन्द्रको बिपिको अति पश्चिमाकरणले निम्त्याएको बाध्यात्मक कदम थियोे । वास्तवमा पार्टीमाथि प्रतिबन्ध नेपाल कम्युनिस्ट पार्टीलाई २००८ सालमा काँग्रेसलेनै लगाएको थियोे । जसलाई महेन्द्रको शासनकालमा २०१३ सालमा टंकप्रसाद आचार्यको प्रधानमन्त्रीत्व कालमा फुकुवा गरियो । त्यतिबेला नेपाल कम्युनिष्ट पार्टीका महासचिव मनमोहन अधिकारी थिए । २०१५ सालमा योगि नरहरिनाथको कर्मबिर महामण्डललाई बिपि कोइरालालेनै प्रतिबन्ध लगाएका थिए । २०१७ पौष १ को कदमबाट लगाइएको पार्टी प्रतिबन्ध त मातृकाप्रसाद कोइराला, बिपि कोइरालापछि तेस्रो थियोे । राजमार्गमा महेन्द्रले ब्यवस्थापन गरेका आसाम, मिजोरम, बर्मा, मणिपुरबाट लखेटिएका नेपालीको महेन्द्र बिरोध अग्रगमन कांग्रेसले लगाएको कम्युनिस्ट पार्टीमाथिको प्रतिबन्ध हटाएका महेन्द्र बिरोधि कम्युनिस्टहरूको अग्रगमन उस्तै हो ।
महेन्द्र विरोधी आरएसएस मिशनको नेकपा माओवादीको नाम नेकपा मोदीवादी राख्दा हुन्छ । माओको नाम बदनाम गर्दै इन्डो पश्चिमा मिशनमा नक्कली कम्युनिष्ट आवरणमा चलाइएको भारतीय सीमापार आतंकवाद नै कतिथ नक्कली नेपाली माओवाद हो । नेपालका प्रधानमन्त्री छविलाल दाहाल उर्फ प्रचण्डको महाकालेश्वरदेखि पशुपतिनाथसम्मको यात्राले अब नेकपा माओवादी भन्दा नेकपा मोदीवादी राख्दा हुन्छ । माओवादी हिंसाकालमा भारतमै बसेर नेपालका हजारौं हजार धर्मगुरुहरूलाई यातना दिएको नक्कली माओवाद सक्कली रूपमा मोदीवादमा परिणत भएर आफ्नो यथार्थ अनुहार जनसमक्ष ल्याउनुलाई सकारात्मक नै मान्नुपर्छ । तर, विगतमा नेपालका मठमन्दिर र धर्मगुरुहरूको हत्या, अपरण र आक्रमण किन गरियो त्यसको जवाफ इतिहासमा हजारौं हजार वर्षसम्म खोजिन हुनेछ । सबैलाई चेतना भया ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल