Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
२९ कात्तिक, चितवन । नेकपा माले स्थानीय तह र जिल्लालाई अधिकार सम्पन्न बनाएर प्रदेश संरचना हटाउनुपर्ने पक्षमा उभिएको छ । उसले अहिलेको संसदीय प्रणाली असफल भएको निष्कर्ष निकाल्दै प्रत्यक्ष निर्वाचित कार्यकारीको लाइनसमेत पारित गरेको छ ।
चितवनमा आयोजित आठौं राष्ट्रिय सम्मेलनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखमा जान सबै दलहरुसँग लबिङ गर्ने गरी निर्णय गरेको पार्टीका वैकल्पिक पोलिटब्यूरो सदस्य परशुराम लामिछानेले जानकारी दिए ।
माले नेता लामिछानेले पार्टीमा निकै छलफल भएर प्रत्यक्ष निर्वाचित कार्यकारीविना राजनीतिक स्थिरता हुननसक्ने निष्कर्ष निकालिएको बताए । ‘अहिलेको बेलायती मोडलको संसदीय व्यवस्थाले देशको दीगो विकास हुन नसक्ने देखियो, यसका थुप्रै विकृती देखिए,’ लामिछानेले भने, ‘यसलाई छाडेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखमा जान सबै दलहरुसँग लबिङ गर्ने गरी निर्णय गरेका छौं ।’
यसैगरी महाधिवेशन मूल आयोजक समिति संयोजक दिनानाथ घिमिरेले प्रदेश संरचना हटाएर नेपाली शैलीको संघीयता निर्माण गर्न नेकपा मालेले पहल गर्ने बताए । स्थानीय तह र जिल्लालाई अधिकार सम्पन्न बनाएर प्रदेश संरचना हटाउनुपर्ने उनको भनाइ छ ।
संसदीय व्यवस्था असफल भैसकेकाले प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्था लागू गर्न र प्रगतिशील लोकतान्त्रिक वैकल्पिक शक्ति निर्माण गर्न मालेले नेतृत्व गर्ने उनले दाबी गरे ।
२०८३ असार २
ताजा नेपाल
२०८३ असार २
ताजा नेपाल
२०८३ असार २
ताजा नेपाल