Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेता पुनलाई खुमलटारमा स्वागत

काठमाडौं । थाइल्याण्ड र चीनको करिब चार महिना लामो उपचारपछि नेपाल फर्किएका माओवादी केन्द्रका नेता वर्षमान पुनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन् । श्रीमती ओनसरी घर्तीसहित प्रचण्ड निवास खुमलटार पुगेका पुनलाई प्रचण्ड र उनको परिवारले समेत स्वागत गर्दै पूर्ण स्वास्थ्यलाभको कामना गरेको थियो ।
पुन सोमबार चीनको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनमा उपचार गराएर स्वेदश फर्किएका थिए। बैंककस्थित समितिभेज अस्पतालमा दुई महिना उपचार गराउँदासमेत स्वास्थ्यमा उल्लेख्य सुधार नभएपछि १० मंसिरमा उनलाई चीन लगिएको थियो। चीनमा लगिएपछि स्वास्थ्यमा सुधार आएको थियो । स्वास्थ्यमा सुधार आएसँगै पुनले चिनियाँ सरकारका उच्च अधिकारीहरुसँग पनि भेट गरेका थिए।
चीनका उपमन्त्री चेन झाओसँग पुनको भेट भएको थियो। माओवादी महासचिवका दावेदार समेत रहेका पुनलाई चिनियाँ सरकारकार उच्च अधिकारीले महत्व दिएर भेट्नुलाई अर्थपूर्णरुपमा हेरिएको थियो । पुनकै आग्रहमा आठौं महाधिवेशनपछि निर्वाचित माओवादी केन्द्रको पहिलो केन्द्रीय समितिले पदाधिकारी चयन गर्ने प्रक्रिया स्थगन गरेको थियो । माओवादीले पदाधिकारी चयन गर्न २७ गते केन्द्रीय समितिको बैठक बोलाएको छ ।


सम्बन्धित समाचार