Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेता फकाउँदै ओली

बालुवाटार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज नेता गोकर्ण विष्टसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्न विष्ट प्रधानमन्त्री निवास पुगेका थिए । उहाँहरु बीच लामै समय कुराकानी भएको छ । अध्यक्ष ओलीसँग बिहीबार राति अबेरसम्म माधवकुमार नेपाल पक्षका नेताहरु घनश्याम भुसाल र योगेश भट्टराईले पनि कुराकानी गरेका थिए । तर छलफल कुनै निष्कर्षमा पुग्न सकेको थिएन । भूसाल र भट्टराईसँग राति कुरा गरेका ओलीले शुक्रबार बिहान विष्टलाई छलफलमा बोलाएका हुन् । विष्टले बिहीबार दिउँसो ओली निकट नेता विष्णुप्रसाद पौडेलसँग पनि कुराकानी गरेका थिए । २७ वैशाखमा प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिने भएपछि एमालेका दोस्रो तहका नेतासँग भेटघाट तीव्र बनाएका छन् ।


सम्बन्धित समाचार

सिटौलाको आकांक्षामा तँगारो

२०८२ चैत्र ४

ताजा नेपाल

कालो इतिहासका मुल पात्र

२०८२ चैत्र ४

ताजा नेपाल

आरती उतारेर पनि भएन उपाय

२०८२ चैत्र ४

ताजा नेपाल