Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
आफू बाहेक अरुको लागि ठाउँ चाहिन्छ, ठूलो पदको लोभ अरुमा पनि हुन्छ भन्ने भावना अध्यक्ष केपी ओलीमा हुन्थ्यो भने पार्टी द्वन्द्व हुने थिएन । नेकपा एमाले आज एकापसमा द्वन्द्व सिर्जना गर्दैछ । त्यसको कल्पनाकार उनै अोली बन्दैछन् । आफू र आफ्नै सुण्ड मुसुन्डलाई जिताउने महाअधिवेशन प्रतिनिधिको छनोटदेखि स्वीकृतिसम्म ओली गुटको लस्कर छ । त्यसैभित्र ईश्वर पोखरेल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डेहरूसँग गोकुल बास्कोटा, विद्या सुन्दर शाक्यहरूको मिलाप छ । सरकारमा रहँदा जेनजी पुस्ताको आन्दोलन र २३ को कत्लेआमप्रति सहानभुीत र दुःख प्रकट गर्न नसक्नेले आफ्ना कमी कमजोरी स्वीकार्ने र सच्याउने कुरामा समेत यो समय टरिसकेको छ । कुरा राजनीतिको मात्रै छैन । यहाँ व्यवस्था र अवस्थाको पनि छ । व्यवस्थामा देउवा, प्रचण्ड, ओली प्रधानमन्त्री भए तर अवस्था सुधार्ने कार्यक्रम भने उनीहरूबाट आएन भन्ने हो । प्रचण्ड सरकारको समयमा भ्रष्टाचारीहरूमाथि कारबाही थाल्दा तत्काल सरकार ढालेर भ्रष्टाचारी बचाउन खडा भएको गठबन्धनले न त भ्रष्टमाथि प्रहार ग¥यो नत सहकारी गठहरू दण्डित भए । एमाले र काँग्रेसका सहकारी गठनहरूको छानविन रोकियो । संसदीय विशेष समितिले पनि जसको बारेमा छानविन केन्द्रीत ग¥यो उसको गल्ती फेला पारेन । तर पनि त्यो केशमा गगन थापा र आरजुहरूबाट रवि लामिछानेलाई पूर्वाग्रही तवरले कारबाही गरे । न्याय र अन्याय विभेद र दोषको समेत ख्याल नगरी जसरी ओली नेतृत्व प्रस्तुत भयो त्यसमा पक्षपात नै थियो । आज रास्वपा सभापतिलाई थुनेर लोकतन्त्रको उपहास हुँदैछ ।
आफ्नो जोगाउने, विरोधीमाथि दमन गर्ने ओलीको निष्पक्षता त्यहाँ मात्र थिएन । सरकारी सम्पत्तिको दोहन गरेर माफिया पोस्ने रणनीति उर्लेको बेला एकाएक सडकमा जेनजी आए । आज हरेक घरमा जेनजी चम्केका छन् । पुरानो पुस्ताले नगरेका काम नयाँ पुस्ताले सोसल मिडिया मार्फत् अगाडि ल्याए । जो शासक छ उसले राज्य सत्ताको दुरुपयोग गरेकै कारण सरकार असफलताको रोग पार्टीमा समेत चम्कनु नौलो होइन ।
एमालेको दशौं महाधिवेशनको लहर जसरी चलाइयो जहाँ केपीको एकलौटी थियो । त्यहाँ वरिष्ठदेखि ५ जना उपाध्यक्षहरू सबै ओलीकै दयामायाले उठेका थिए । सचिवहरूको पनि उही रुप थियो । आज तिनैमध्येका कतिले ओलीपथ छाडे । हिजोका १२ भाइभित्र चुनाव जितेर संसद भएका र चुनाव हारेका बीचमा पनि विचार र सिद्धान्तको लडाइँमा एकरुपता छैन । तर माधवलाई धोका दिएर झलनाथको टिममा बसेर आफ्ना जोहो गरेका र गर्नेहरूलाई अब ओली रुचिका पात्र भएनन् । राज्यका वामपन्थी शक्तिकाबीचमै एकता र सद्भाव नहुने रोगको सुरुवात केपी बाट भयो । उनले साथ लिने मान्छे प्रहरीको पटके कारबाहीमा परेका नै किन पर्छन् ? ओली कानुन मान्दैनन् । भ्रष्टाचारीको छानविन गर्दैनन् भन्ने त उनको एक वर्षे कार्यकाल नै काफी छ । जनतालाई सरकारमा जो पुग्छ उसमा राजनीतिक निष्ठा, त्याग, समर्पण होस् भन्ने हो । तर लोकतन्त्र, संघीयता, समावेशीताभित्र जनताको चासोका विषय नपर्नु आफैंमा गम्भीरता हुँदैहो । ओलीले पार्टी अधिवेशनको हुकुमी चालबाट राज्यसत्ता सञ्चालनको जुइनो जोड्ने प्रयास गर्छन् भन्ने छैन । एमाले भनेकै ओली र ओली बिनाको हैकमवादी एमाले कसरी चुनावमा जान्छ, नयाँ कुरा के ल्याउँछ, सबैको चासो यहाँ हुनुपर्छ । किनकि नेता बिग्रे र पार्टी सड्ने हो । कार्यकर्ताको भावनामाथि खेलवाड हुनु हुन्न ।
२०८२ फाल्गुन २५
ताजा नेपाल
२०८२ फाल्गुन २५
ताजा नेपाल
२०८२ फाल्गुन २४
ताजा नेपाल