Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि तीन जना सर्टलिस्ट

काठमाडौं । नेपाल आयल निगमको रिक्त कार्यकारी निर्देशक पदका लागि तीन जना उम्मेदवार सर्टलिस्टमा परेका छन्। कार्यकारी निर्देशक छनोटका लागि गठित सिफारिस समितिले मूल्याङ्कनका आधारमा सर्वाधिक अंक प्राप्त गरेका तीन जनाको नाम उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सिफारिस गरेको हो।

सिफारिस सूचीमा धनुषाका नागेन्द्र साह (चार्टर्ड एकाउन्टेन्ट), प्युठानका कौशल केसी र सप्तरीका सञ्जीवकुमार देव परेका छन्।

समितिले साउन १७ गते सम्पन्न कार्यसम्पादन योजना प्रस्तुति, अन्तर्वार्ता तथा समग्र मूल्याङ्कनका आधारमा उम्मेदवार छनोट गरेको जनाएको छ।

नेपाल आयल निगमको कार्यकारी निर्देशक पदका लागि गत असार २ गते आवेदन आह्वान गरिएको थियो। तत्कालीन कार्यकारी निर्देशक चण्डिका भट्टले गत वैशाख ३० गते राजीनामा दिएपछि निगम नेतृत्वविहीन बनेको छ।

अब सिफारिसमा परेका तीन जनामध्ये एक जनालाई कार्यकारी निर्देशक नियुक्तिका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीले मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्नेछिन्।

सर्टलिस्टमा परेका उम्मेदवारमध्ये नागेन्द्र साह यसअघि नेपाल आयल निगममा निमित्त कार्यकारी निर्देशकको जिम्मेवारीसमेत सम्हालिसकेका व्यक्ति हुन्।


सम्बन्धित समाचार