Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ३७ वटा शाखा घटाउने

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले विभिन्न स्थानका ३७ वटा शाखा कटौती गर्ने भएको छ ।
साविकको नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक मर्ज भई २०७९ पुस २७ गतेदेखि नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नाममा एकीकृत कारोबार शुरु भएको अवस्थामा एकै स्थानमा रहेका शाखा पनि मर्ज गर्न लागिएको हो ।
कोशी प्रदेशको उदयपुर, मोरङ, झापा, सुनसरीका ६, मधेशको धनुषा, बारा, सिरहाका ३, बागमतीको काठमाडौं, काभ्रे, चितवन, भक्तपुर, मकवानपुर, रामेछाप र सिन्धुलीका १५, गण्डकीको स्याङ्जा, मुस्ताङ, तनहुँका ४, लुम्बिनीका पाल्पा, दाङ, बाँके, रुपन्देहीका ६, कर्णालीका सुर्खेत र जुम्ला २ तथा सुदूरमश्चिमका कञ्चनपुर १ शाखा बन्द गर्न लागिएको हो ।
साबिकका दुबै बैंकका एकै स्थानमा रहेका शाखा एक आपसमा गाभ्ने तथा बन्द गर्नका लागि नेपाल राष्ट्र बैंकले गत जेठ २९ गते अन्तिम स्वीकृत प्रदान गरिसकेको छ । २० मिटरदेखि १००० मिटरको दूरीमा रहेका शाखाहरु बन्द र गाभिन लागेका हुन् ।
आउँदो शनिबार साउन १३ र साउन २० गते शाखाहरु बन्द र गाभ्न लागिएको बैंकद्वारा प्रकाशित सूचनामा उल्लेख छ ।
साबिकका दुई बैंक १ः०।९० शेयर स्वाप रेसियोमा मर्ज भएका हुन् । हाल नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको चुक्ता पूँजी ३४ अर्ब १२ करोड ८५ लाख ९४ हजार ९ सय रुपियाँ छ ।


सम्बन्धित समाचार