Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेपाल इन्स्योरेन्सले डाक्यो साधारण सभा

काठमाडौं । नेपालको पहिलो बीमा कम्पनी नेपाल इन्स्योरेन्स कम्पनीले आगामी पुस २२ गते वार्षिक साधारण सभा डाकेको छ । इन्स्योरेन्सले आफ्नो ७४औं वार्षिक साधारण सभा सो दिन बिहानको ११ बजे काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बोलाएको हो । उक्त सभाले सेयरधनीलाई कूल ८।४२११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्दै छ । सभाले पारित गरेसँगै कम्पनीले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट चुक्ता पुँजीको ८ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.४२११ प्रतिशत नगद लाभांश वितरण गर्ने छ । त्यस्तै, इन्स्योरेन्सले मर्जरमा जाने प्रस्तावलाई नै निरन्तरता दिने विशेष प्रस्ताव गरेको छ । कम्पनीले उपयुक्त कम्पनीसँग गाभ्ने, गाभिने वा प्राप्ति गर्ने सम्बन्धी विषयमा निर्णय गर्न सञ्चालक समितिलाई सम्पूर्ण अधिकारलाई निरन्तरता दिने छ । उक्त सभामा जाने प्रयोजनको लागि इन्स्योरेन्सले आगामी पुस ८ गते बुक क्लोज गर्दै छ । यससँगै पुस ७ गतेसम्म कायम सेयरधनीले मात्रै कम्पनीको प्रस्तावित लाभांश पाउने छन् । यससँगै उक्त आवको सभा बोलाउनेमा नेपाल इन्स्योरेन्स पहिलो भएको छ । हालसम्म निर्जीवन बीमा व्यवसाय गर्दै आएका कुनै पनि कम्पनीले आर्थिक वर्ष २०७८–७९ को साधारण सभा डाकेका छैनन् ।