Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेपाल इन्स्योरेन्सले बढायो लाभांश

काठमाडौं । नेपाल इन्स्योरेन्सले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७७-७८ को नाफाबाट चुक्ता पुँजीको ११.५७८९ प्रतिशित लाभांश वितरण गर्ने घोषणा गरेको हो । चैत ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीलाई ११ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश अघिल्लो वर्षको तुलनामा बढी हो । इन्स्योरेन्सले आर्थिक वर्ष २०७६र७७ को नाफाबाट चुक्ता पुँजीको १० प्रतिशत ९८ प्रतिशत बोनस र २ प्रतिशत नगद० वितरण गरेको थियो ।
हाल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब २४ करोड रुपैयाँ छ । प्रस्तावित ११ प्रतिशत बोनस पारित पश्चात १ अर्ब ३४ करोड रुपैयाँ पुँजी पुग्ने छ । प्रस्तावित लाभांशलाई बीमा समितिले स्वीकृत दिएपछि इन्स्योरेन्सको साधारण सभाले पारित गर्नुपर्ने छ ।