Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेपाल एयरलाइन्स विश्वकै खतरायुक्त एयरलाइन्स

काठमाडौं । नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र निजी क्षेत्रको तारा एयरलाइन्स विश्वका सबैभन्दा खतरायुक्त एयरलाइन्सको सूचीमा परेका छन् । एयरलाइनरेटिङडट्कमको रिपोर्टलाई अधार बनाएर फोर्ब्स पत्रिकाको अनलाइन संस्करणमा लेखिएको समाचारमा नेपाल एयरलाइन्स र तारा एयरलाई विश्वकै सबैभन्दा खतरायुक्त एयरलाईन्सको सूचीमा राखिएको हो । नेपाल एयरलाइन्सबारे लेख्दै फोर्ब्सले भनेको छ– यसको सेफ्टी (सुरक्षा) रेकर्डहरु अपेक्षा गरिएभन्दा धेरै नराम्रो छ । सुरक्षाका दृष्टिकोणले नेपाल एयरलाइन्सले एउटा मात्रै स्टार पाएको छ । नेपाल एयरलाइन्सलाई युरोप उडानमा प्रतिबन्ध लगाइएको छ ।
यद्यपि नेपाल एयरलाइन्सले पछिल्ला २० वर्षमा एयरलाइन्स सेफ्टी रेकर्डमा उल्लेख्य मात्रामा सुधार गरेको पनि फोर्ब्सले आफ्नो समाचारमा उल्लेख गरेको छ ।
नेपालकै अर्को विमान कम्पनी तारा एयरको बारेमा उल्लेख गर्दै फोर्ब्सले लेखेको छ– एयरलाइन्स सुरक्षा रिपोर्टका आधारमा तारा एयरले ७ मध्ये एउटा मात्रै स्टार पाएको छ । यसका ८ वटा एयरक्राफ्ट विमानहरुले नेपालको खतरानाक उच्च पहाडी क्षेत्रमा उडान भर्छन् । २०१० र २०११ मा भएका दुर्घटनाका कारण यो विमान कम्पनीले आफ्नो सुरक्षा रिपोर्टमा सुधार गर्न सकेको छैन ।


सम्बन्धित समाचार