Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेपाल–चीन सीमामा कहाँ कहाँ समस्या

काठमाडौं । दक्षिणी छिमेकी जस्तो उत्तरको छिमेकमा सीमा समस्या छैन। नेपाल र चीनबीच सीमा अध्ययन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ । आज गृहमन्त्री बालकृष्ण खाँडलाई समितिका संयोजक सहसचिव जयनारायण आचार्यले प्रतिवेदन बुझाएका हुन् । नेपाल र चीन बीच लिमी लाप्चा देखि हिल्सासम्मको सीमा अध्ययन गर्न समिति गठन भई प्राविधिकसहितको टोलीले सीमामै पुगी अध्ययन गरेको थियो । चीनसँग जोडिएको हुम्लास्थित लाप्चा, हिल्सालगायतका भूभागको पिलरको अवस्था र भूभागबारे टोलीले अध्ययन गरेर प्रतिवेदन तयार गरेको हो । सरकारले प्रतिवेदन भने सार्वजनिक गरेको छैन । प्रतिवेदनमा कहाँ कहाँ समस्या छ या छैन भन्नेबारे उल्लेख गरेको बुझिएको छ ।
आचार्य संयोजक रहेको टोलीमा नापी विभागका उपमहानिर्देशक सुशील डंगोल, नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक उमेशराज जोशी, सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक प्रदीप कुमार पाल र राष्ट्रिय अनुसन्धान विभागकका सहअनुसन्धान निर्देशक कुशोरकुमार श्रेष्ठ सदस्य थिए । अध्ययनका लागि नापीका दुई प्राविधिक पनि पुगेका थिए ।