Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष घिमिरेले लिए शपथ

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीका नवनियुक्त अध्यक्ष डा। रविन्द्र घिमिरेले पद तथा गोपनियताको शपथ लिएका छन् । नवनियुक्त अध्यक्ष डा घिमिरेले बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालबाट आफ्नो पद तथा गोपनियताको शपथ लिएका हुन् । डा घिमिरेलाई कार्त्तिक ८ गते बसेको मन्त्रिपरिषदको बैठकले घिमिरेलाई आगामी ४ वर्षको लागि नेपाल पुनर्बीमाको अध्यक्ष पदमा नियुक्त गरेको हो ।
अध्यक्ष डा घिमिरे पोखरा विश्वविद्यालय स्कुल अफ बिजनेशनका प्राध्यापक हुन् । बीमामा विद्यावारिधी गरेका घिमिरे बीमा क्षेत्रकै विज्ञको रुपमा समेत चिनिन्छन् ।


सम्बन्धित समाचार