Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेपाल बैंकले पारित गर्यो १६ प्रतिशत लाभांश

काठमाडौं । नेपाल बैंक लिमिटेडको ६१औं वार्षिक साधारण सभाले १६ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको छ । सभामा बैंकको आर्थिक वर्ष २०७६/७७ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७७ आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त आर्थिक वर्ष २०७६/७७ को नाफा/नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरु पारित भयो ।

सभाले हालको चुक्ता पुँजी रु ११,२८,२८,२०,२००को ४ प्रतिशतका दरले हुन आउने रु। ४५,१३,१२,८०८ (अक्षेरुपी पैंतालिस करोड तेह्र लाख बाह्र हजार आठ सय आठ) नगद लाभांश (लाभांश कर समेत) र चुक्ता पुँजीको १२ (बाह्र) प्रतिशतका दरले हुन आउने रु १,३५,३९,३८,४२४ (अक्षेरुपी एक अर्ब पैंतिस करोड उन्चालिस लाख अड्तिस हजार चार सय चौविस) रकम बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ ।

साथै, बोनश सेयर वितरणबाट बैंकको साविक जारी तथा चुक्ता पुँजीमा वृद्धि गरी रु  १२,६३,६७,५८,६२४ (अक्षेरुपी बाह्र अर्ब त्रिसठ्ठी करोड सतसठ्ठी लाख अन्ठावन्न हजार छ सय चौविस) कायम गर्ने र सोही बमोजिम प्रवन्ध पत्र तथा नियमावलीको सम्बन्धित दफामा संशोधन गर्ने लगायत साधारण सभामा पेश भएका प्रस्तावहरु समेत सर्वसम्मत रुपमा पारित गरेको छ ।

साथै, साधारण सभामा तय भएको सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ३ (तीन) जना सञ्चालकको निर्वाचन गर्ने कार्यक्रम मतदान प्रकृयामार्फत सम्पन्न भई विवेक शमशेर ज।ब।रा।, विष्णु कुमार अग्रवाल र कर्मचारी सञ्चय कोषका प्रतिनिधि ओम कृष्ण श्रेष्ठ सञ्चालक पदमा निर्वाचित भएका छन् ।