Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेपालको ऐतिहासिक जित इंग्ल्याण्डमाथि

१६ कात्तिक, काठमाडौं । नेपालले हङकङ सिक्सेस क्रिकेटमा शुक्रबार इंग्लयाण्डमाथि ऐतिहासिक जित हात पारेको छ ।

कप्तान सन्दिप जोराले विष्फोटक ब्याटिङ गरेपछि नेपालले तीन पटकको च्याम्पियन इंग्ल्याण्डलाई पहिलो खेलमै ६ विकेटले पराजित गरेको हो ।

कप्तान जोराले ५० रन बनाएपछि नेपालले ९८ रनको लक्ष्य विना क्षती ४।२ ओभरमा पूरा गरेको हो ।

नेपालले पहिलो पटक हङकङ सिक्सेस प्रतियोगिता खेलिरहेको छ र गज्जबको सुरुवात गरेको छ । जोराले १२ बल खेल्दै ३ चौका र ६ छक्का मदतमा ५० रन बनाए । उनी अर्धशतकपछि रिटायर्ड आउट भएका थिए ।

यस्तै रासिद खानले ५ बल खेल्दै २ चौका र २ छक्का प्रहार गरेर अविजित २१ रन बनाए । लोकेश बमले ११ बलमा १ चौका र २ छक्का प्रहार गरी २० रन बनाए ।

त्यसअघि मोङ कोङ मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ५।५ ओभरमा ६ विकेट गुमाएर ९७ रन बनाएको थियो । कप्तान रवि बोपाराले सर्वाधिक ४९ रन बनाए । उनले १ चौका र ७ छक्का प्रहार गरे । समित पटेलले १७ बलमा ३चौका र ३ छक्का प्रहार गर्दै ३९ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बलिङमा नेपालका लागि प्रतिश जिसी प्रभावकारी रहे । उनले २ ओभर बलिङ गरेका उनले १८ रन खर्चेर ३ विकेट लिए ।

रासिद खान, नारायण जोशी र विवेक यादवले १(१ विकेट लिए । बलिङ गरेका मध्ये रासिदले मात्र विकेट लिन सकेनन् ।

समूह बी मा रहेको नेपालले अब आइतबार अष्ट्रेलियाको सामना गर्नेछ


सम्बन्धित समाचार

केयुकेएलबाट तिरेशको भूत हट्यो

२०८३ जेष्ठ १२

ताजा नेपाल

सशस्त्र डिआईजीहरू चुपचाप

२०८३ जेष्ठ १२

ताजा नेपाल

वैगुनवादी ओली, चाकडीवादी प्रचण्ड

२०८३ जेष्ठ १२

ताजा नेपाल