Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेपालमा दुई लाख बढीलाई कोरोना संक्रमण, १ लाख ६२ हजार घर फर्किए

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ५ सय ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो संख्यासहित नेपालमा हालसम्म कुल कोरोना संक्रमितको संख्या २ लाख नाघेको छ। बुधबार साँझसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख २ हजार ३२९ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर १ हजार ६६६ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ६२ हजार २४३ जना निको भएका छन्।
आज देशभर ३८ हजार ९१२ जना सक्रिय संक्रमित छन्।
पछिल्लो २४ घन्टामा २६ जना संक्रमितको मृत्यु भएको छ। योसँगै मृत्यु हुने संक्रमितको संख्या ११७४ पुगेको छ। पछिल्लो २४ घण्टामा १० हजार ८१ जनाको पिसिआर परीक्षण भएको छ।

उपत्यकामा १२६१ जना
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार २ सय ६१ जना कोरोना संक्रमित थपिएका छन्।स्वा स्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ९ सय ७६, ललितपुरमा २ सय ४ र भक्तपुरमा ८१ जनालाई कोरोना संक्रमण देखिएको छ।  आज देशभर २ हजार ५ सय ६९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको कूल संख्या २ लाख २ हजार ३ सय २९ पुगेको छ।

२४ घण्टामा १ हजार ६ सय ६६ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या १ लाख ६२ हजार २ सय ४३ पुगेको छ। आज देशभर २६ संक्रमितको मृत्यु भएको छ। हालसम्म मृत्यु हुने संक्रमितको संख्या १ हजार १ सय ७४ पुगेको छ। आज देशभर ३८ हजार ९ सय १२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।


सम्बन्धित समाचार