Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पछिल्ला दुई दिनमा नेपालमा भएका घटनालाई हृदयविदारक भन्दै चिन्ता व्यक्त गरेका छन्। सामाजिक सञ्जाल एक्समा नेपाली भाषामा लेख्दै उनले नेपालमा शान्ति व्यवस्था कायम राख्न नेपाली दाजुभाई तथा दिदीबहिनीहरूलाई आग्रह गरेका छन्। आन्दोलनका क्रममा धेरै युवाले ज्यान गुमाउनु परेकोमा आफ्नो मन विचलित भएको पनि उनले बताएका छन्। आज दिनभरीको भ्रमणबाट फर्किएपछि सुरक्षा सम्बन्धी मन्त्रिपरिषद् समितिको बैठकमा नेपालको घटनाक्रमहरूको बारेमा विस्तृत छलफल भयो, उनले भनेका छन्, नेपालमा भएको हिंसा हृदयविदारक छ। धेरै युवाहरूले आफ्नो ज्यान गुमाउनु परेकोमा मेरो मन अत्यन्तै विचलित छ। नेपालको स्थिरता, शान्ति र समृद्धि अत्यन्त महत्वपूर्ण छ। म नेपालका सबै मेरा दाजुभाइ तथा दिदीबहिनीहरूलाई शान्ति व्यवस्था कायम राख्न विनम्रतापूर्वक अपील गर्दछु।
२०८२ फाल्गुन २६
ताजा नेपाल
२०८२ फाल्गुन २६
ताजा नेपाल
२०८२ फाल्गुन २६
ताजा नेपाल