Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले उडड्यन विद्यालय (फ्लाईङ स्कूल) स्थापना गर्ने योजना ल्याएका छन । मन्त्री भट्टराईले देशभित्रै पाईलटहरु उत्पादन गर्न र उनीहरुलाई आवश्यक ट्रेनिङको व्यवस्था गर्न सो विद्यालय स्थापना गर्न लागेको बताएका हुन् ।
मन्त्रालयमा संचारकर्मीसँग कुरा गर्दै मन्त्री भट्टराईले ५० लाख रुपैयाँभन्दा बढी खर्च गरेर पाईलट पढन विदेश जानुपर्ने अवस्था अन्त्यका लागि स्कूल स्थापना गर्ने योजना आफूले अगाडि सारेको बताए । विदेशमा लाग्नेभन्दा कम खर्चमै देश भित्रै पाईलट अध्ययनको व्यवस्था गर्न उक्त स्कूल सञ्चालनमा ल्याउन जरुरी रहेको मन्त्री भट्टराईको भनाइ थियो । त्यसका लागि सरकारले केही लगानी गर्ने र अन्य लगानी वायु सेवा कम्पनीहरुबाट जुटाउने योजना मन्त्री भट्टराईले अगाडि सारेका छन् । मन्त्री भट्टराईले वायु सेवा कम्पनीहरुलाई पनि पाईलट चाहिने भएकाले उनीहरुले पनि सो विद्यालयमा लगानी गर्ने विश्वास पनि व्यक्त गरे ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल