Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । अमेरिकाले विनाशकारी बाढी तथा पहिरोबाट ठूलो जनधनको क्षति बेहोरेको नेपाललाई आवश्यक सहयोग उपलब्ध गराउने घोषणा गरेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालमा आएको प्राकृतिक विपत्तिप्रति दुःख व्यक्त गर्दै उद्धार तथा राहतका लागि आवश्यक सबै प्रकारको सहयोग उपलब्ध गराउन अमेरिका तयार रहेको बताएका हुन्।
नेपालमा आएको भीषण बाढी तथा पहिरोबाट ठूलो जनधनको क्षति भएको छ। विपद्का कारण सयौँ मानिसको मृत्यु भएको तथा ठूलो संख्यामा नागरिक बेपत्ता रहेको विवरण सार्वजनिक भइरहेका छन्। बाढी तथा पहिरोले बलिया र ठूला भौतिक संरचनासमेत क्षतिग्रस्त बनाएको छ।
राष्ट्रपति ट्रम्पका अनुसार अमेरिकी अधिकारीहरूले नेपाल सरकारसँग सम्पर्क गरी आवश्यक सहयोग उपलब्ध गराउने प्रस्ताव गरेका छन्। उनले नेपालमा भएको क्षतिको प्रकृति अत्यन्त भयावह रहेको उल्लेख गर्दै बलिया संरचनासमेत बाढीले बगाएको बताएका छन्।
यसैबीच, अमेरिकी अधिकारीहरूले विपद् प्रभावित क्षेत्रमा रहेका अमेरिकी नागरिकको अवस्था र सुरक्षाबारे समेत जानकारी लिने प्रयास गरिरहेका छन्।
२०८३ भाद्र १२
ताजा नेपाल
२०८३ भाद्र ११
ताजा नेपाल
२०८३ भाद्र ११
ताजा नेपाल