Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेपाली बजारमा सुन र चाँदीको मूल्य उल्लेख्य वृद्धि

काठमाडौँ । नेपाली बजारमा आज (शुक्रबार) सुन र चाँदी दुवैको मूल्यमा उल्लेख्य वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य एकैदिन प्रतितोला ५ हजार ३०० रुपैयाँले बढेको हो। बिहीबार प्रतितोला २ लाख ८६ हजार ७०० रुपैयाँमा कारोबार भएको सुन आज बढेर २ लाख ९२ हजार रुपैयाँ पुगेको छ।

त्यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। बिहीबार प्रतितोला ४ हजार ६५० रुपैयाँ रहेको चाँदी आज १ सय ९० रुपैयाँले बढेर ४ हजार ८४० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ।

महासङ्घका अनुसार अन्तर्राष्ट्रिय बजारमा हुने मूल्य उतारचढावका कारण नेपाली बजारमा पनि सुनचाँदीको मूल्य प्रभावित हुँदै आएको छ।