Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेप्सेमा २.९४ अंकको गिरावट, कारोबार रकम भने उत्साहजनक

काठमाडौं । नौ दिनसम्म लगातार बढेको शेयर बजारमा आज दशौं दिन झिनो करेक्शन देखिएको छ ।
गत जेठ २३ गतेदेखि निरन्तर नौ दिनमा बढ्दा १९२.३ अंक माथि उक्लेर नेप्से हिजो आइतबार २०९४.३३ अंकमा पुगेको थियो ।
जेठ २२ गते १९०१.९९ अंकबाट १९२.३ अंक उचालिएको नेप्से आज २.९४ अंक र ०.१४ प्रतिशतले घटेर २०९१.३९ अंकमा झरेको हो । बजारमा झिनो करेक्शन देखिएपनि कारोबार रकम भने उत्साहजनक रह्यो ।
आज २७६ कम्पनीका १ करोड २९ लाख ७५ हजार १ सय ६८ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७४ करोड ६ लाख ८ हजार ८ सय ८०.२८ रुपियाँ बराबरको कारोबार भएको हो ।
नेप्से थोरै तल झरेपनि विभिन्न ९ कम्पनीका लगानीकर्ताले ९ प्रतिशत बढी नाफा कमाएका छन् । ​सेन्ट्रल फाइनान्स, लक्ष्मी इक्वीटी फण्ड र माउन्टेन इनर्जीका लगानीकर्ताहरुले १०–१० प्रतिशतले नाफा कमाउँदा बीपीडब्लूू लघुवित्त, मेन्छियाम हाइड्रो, सिटी होटल, मकर जितुमाया हाइड्रो, सानिमा इक्वीटी फण्ड र लुम्बिनी विकास बैंकका लगानीकर्ताहरुले ९ प्रतिशत बढी कमाएका हुन् । नाफा कमाउने टप टेन कम्पनीमा परेको गुहेश्वरी मर्चेन्टका लगानीकताहरुले ८.१२ प्रतिशतले नाफा कमाएका हुन् ।
त्यस्तै आज यूनिक नेपाल लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी १० प्रतिशतले घाटा व्यहोरेका छन् ।
नेप्सेका अनुसार आज पनि शिवम् सिमेन्टकै उच्च कारोबार भएको छ । उक्त कम्पनीको २९ करोड ८२ लाख १३ हजार ५ सय ७४.८० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन हिजो आइतबार ५२.२६ अंकले बजार बढ्दा ४ अर्ब ८६ करोड ९१ लख ८४ हजार १६.०२ रुपियाँ बराबरको कारोबार भएको थियो ।


सम्बन्धित समाचार

दुर्गा प्रसाईँलाई अदालतमा

२०८१ मंसिर ९

ताजा नेपाल

आजबाट धरहरा चढ्दा २०० लाग्ने

२०८१ मंसिर ९

ताजा नेपाल