Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेवानिको काठमाडौं–भैरहवा उडानको टिकट सबै बिक्री

२२ असोज, काठमाडौं । नेपाल वायुसेवा निगम नेवानिले काठमाडौं भैरहवा उडानका लागि टिकट बुकिङ खुलाएको एक रातमा सबै टिकट बिक्री भएको जनाएको छ ।

नेवानिका प्रवक्ता रमेश पौडेलका अनुसार आज बिहान सबै टिकट बिक्री भएको छ । काठमाडौं भैरहवा रुटमा १५८ सिट नै बिक्री भएको र भैरहवा काठमाडौं रुटका लागि भने टिकट बाँकी रहेको उनले जानकारी दिए ।

फूलपातीको दिन नेवानिले १८५ सिटे न्यारोबडी जहाजले काठमाडौं–भैरहवा–काठमाडौं उडन गर्न लागेको छ ।

माग उच्च भए पनि नेवानिले एउटा मात्र उडान राखेको छ । जहाज अभावले थप उडान राख्न नसकेको नेवानिका अधिकृतहरुको भनाइ छ ।