Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्सको सेयर कारोबार बुधबार निकै बढेको छ। अन्य दिनहरुको तुलनामा बजार खुलेको डेढ घण्टामा नै यस कम्पनीको कारोबार सर्वाधिक भएको हो।
नेप्सेको तथ्यांक अनुसार यो कम्पनीको ५ करोड ३४ लाख बराबरको सेयर कारोबार भएको छ भने सेयर मूल्य पनि प्रति कित्ता १३ रुपैयाँले बढेर ६४० रुपैयाँ पुगेको छ।
इन्स्योरेन्स कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि जेठ ११ गते बुक क्लोज मिति तोकेको छ। तसर्थ आजसम्म कायम सेयरधनीहरुले मात्र उक्त लाभांशमा भाग लिन पाउनुका साथै लाभांशको भागीदार बन्ने छन्।
त्यसैले आज यस कम्पनीको सेयर खरिदबिक्री बढेको हो। कम्पनीले आर्थिक वर्ष २०७८÷७९ को मुनाफाबाट लगानीकर्ताहरुलाई कुल १४.५ प्रतिशत लाभांश दिदै छ। उक्त लाभांशमध्ये ८ प्रतिशत बोनस सेयर छ भने ६.५ प्रतिशत नगद छ।
उक्त लाभांश जेठ २२ गते हुने ३५ औँ वार्षिक साधारण सभाबाट अनुमोदन भए पश्चात लगानीकर्ताहरुमा वितरण गरिने छ।
२०८२ फाल्गुन २९
ताजा नेपाल
२०८२ फाल्गुन २९
ताजा नेपाल
२०८२ फाल्गुन २९
ताजा नेपाल