Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पञ्चांग निर्णायक समितिका सदस्यबाटै हुन्छ यस्तो गैरकानुनी काम

 

सरकारले दायरालाई कडाई नगर्दा आफूखुसी क्यालेण्डर छापेर बजारमा पठाउनेहरुलाई सहज भएको छ । क्यालेण्डर तथा पात्रोको नियमन गर्ने अधिकार पाएको पञ्चांग निर्णायक विकास समितिले स्वीकृति नलिई आगामी वर्षको लागि बजारमा क्यालेण्डर छपाउनेमाथि कडाइ गरेको भनिए पनि केही ब्यापारीहरुले बलमिचाइ गरि क्यालेण्डर प्रकासित गरिरहेको पाइएको छ । नियम बनाए पनि त्यसको कार्यनयन कसैले गरेको देखिएन पञ्चांग निर्णायक समितिको सदस्य भएर पनि आफ्नै सस्थाको निर्णयको बिरुद्धमा लागेको देख्न सकिन्छ । बासुदेबकृष्ण शास्त्री यही नियम मिच्नेमा पर्नुहुन्छ । उहाँ आफैले सरकारबाट आधिकारीक बिदा नआइकन क्यालेण्डर निकालेर बजारमा धमाधम बेच्न थाल्नुलाई आफ्नै सस्थाको अपमान गरेर पैसा कुम्ल्याउने धाउन्नमा लाग्दा खेरी आफ्नो इज्वतको ख्याल नगरी उहाँले सरकारलाई चुनौती दिदा पनि सरकार मौन बसिदिदा बेथिति मौलायाएको पाइएको छ । उहाँ नियमन समितिको शदस्य पनि हुनुहुन्छ । उहाँले यस्तो कार्यलाई रोक्नु पर्नेमा आफैले निर्णय नमान्दीदा समस्या आउछ भन्ने क।रा यि बिद्धवानलाइ थाहाँ भएनछ । यि हेपा प्रबृतिका शास्त्रीलाई सरकारले के गर्छ हेर्न बाकी छ ।

पञ्चांग निर्णायक विकास समिति गठन आदेश, २०७७ ले दिएको अधिकार प्रयोग गरी क्यालेण्डरमाथि कडाइ गरिएको समितिका सदस्यसचिव सूर्यप्रसाद ढुंगेलले र अध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिए । बजारमा आफूखुसी क्यालेण्डर छापेर बेच्दा सार्वजनिक बिदा र अन्य सूचनामा समेत एकरुपता आउन छाडेपछि यसमा कडाइ गर्न लागिएको उनिहरुले जानकारी दिए ।

ढुंगेलका अनुसार अहिले बजारमा स्वीकृति विपरीत छापिएका क्यालेण्डर जफत गरेर कारबाही गर्नका लागि समितिले अनुगमन सुरु गरिसकेको छ । बजारमा स्वीकृति विपरीतका क्यालेण्डर भेटिए जफत गर्ने र मन्त्रालयको निर्णयअनुसार कारबाही प्रक्रिया अघि बढाउन लागिएको ढुंगेलले जानकारी दिए ।

क्यालेण्डर छाप्नुपूर्व स्वीकृति लिनको लागि समितिले शुल्क तोकेको छ । जसमा मूल्यसूची नराखी आन्तरिक प्रयोजनको लागि छापिएको लागि ५ हजार रुपैयाँ र मूल्य राखेर बजारमा पठाउने क्यालेण्डरको लागि स्वीकृतिबापत १० हजार रुपैयाँ शुल्क तोकिएको ढुंगेलले जानकारी दिए ।

‘अहिले बजारमा आउने क्यालेण्डरमा मनपरी बिदा राखेर पठाउने गरेको भेटिएको छ, ढुंगेलले भने, ‘सरकारले बिदा नै नदिएको विषयमा समेत क्यालेण्डरमा बिदा उल्लेख हुँदा अन्योल अवस्था भएकाले त्यसलाई नियमन गर्न क्यालेण्डरलाई स्वीकृति लिनुपर्ने व्यवस्था गरेका हौं ।

अहिले ४० वटा क्यालेण्डरले स्वीकृतिको लागि समितिमा निवेदन दिएका छन् । उनीहरुले आफ्नो डिजाइन र विवरणसहित समितिमा निवेदन दिएपछि स्वीकृति दिइनेछ । यसले पात्रोको प्रतिलिपि अधिकार संरक्षणमा पनि सहयोग गर्ने ढुंगेलको बुझाइ छ । उता शास्त्रीले बैदिक ञान–बिञान २०७९ सालको पात्रो निकाली आफ्नो चरित्रलाई प्रस्तुत गरेका छन् । उहाँकै सिको सिक्दै बिराटनगरबाट सजिलो पात्रो , धरानबाट धराने पात्रो र हलेसी सजिलो भित्ते पात्रो २०७९ पनि बजारमा भेटिएका छन् ।

नियामक संस्था पञ्चाङ्ग निर्णायक समितिले कारबाही गर्ने अधिकार पाएको छैन । सरकारले यस्ता बेथिति रोक्न समितिलाई निर्देशन दिए पनि बजारबाट जफत गराउन गृहकै निर्देशन आवश्यक पर्छ । त्यसका लागि समितिलाई सरकारको साथ आवश्यक छ । समिति अधिकार छैन भनेर रमिता हेरे बस्न पनि पाउँदैन ।