Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पत्रकार सुवेदीलाई सर्वाेत्कृष्ट चलचित्र पत्रकार पुरस्कार

चलचित्र पत्रकारितामा चर्चित तथा सिद्धहस्त पत्रकारका रुपमा कहलिएका लक्ष्मण सुवेदी ‘सर्वाेत्कृष्ट चलचित्र पत्रकार–२०७७’ बाट पुरस्कृत भएका छन् । उनलाई श्री अधिराज्य मिडिया नेटवर्कले बिहीबार राजधानीमा आयोजना गरेको बिराट म्युजीक एण्ड फिल्म अवार्ड–२०७८ मा सर्वाेत्कृष्ट चलचित्र पत्रकारका रुपमा नगद राशीसहित पुरस्कृत गरिएको हो । बिशेष गरी चलचित्र तथा मनोरञ्जन पत्रकारिता मार्फत दुई दशकदेखि अनवरत रुपमा नेपाली कला, संस्कृति, साहित्य तथा चलचित्र क्षेत्रको स्तरोन्नती, श्रीबृद्धि, बिकास र सम्बद्र्धनमा योगदान पुर्याएवापत उनलाई पुरस्कृत गरिएको जानकारी कार्यक्रम आयोजक संस्थाका प्रमुख रामकाजी भुजेल (केवल)ले दिए । उनले देशभरका चलचित्र पत्रकारहरूबीच गरिएको सर्वेक्षणमा सुवेदी सर्वाेत्कृष्ट ठहर भएकाले उनलाई पुरस्कृत गरिएको जानकारी दिए । सुवेदीलाई कार्यक्रममा प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज (अथक), नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चलचित्र कलाकार संघका उपाध्यक्ष तथा चर्चित अभिनेता धीरेन शाक्य, कार्यक्रम संयोजक रामकाजी भुजेल (केवल) लगायतले पुरस्कार प्रदान गरेका थिए । सर्वाेत्कृष्ट पत्रकार पुरस्कार प्राप्त गरेपछि सुवेदीले आफूमा थप जिम्मेवारी बढेको महसुस भएको बताए । उनले भने, ‘०७७ सालकै सर्वाेत्कृष्ट चलचित्र पत्रकारको रुपमा पुरस्कृत हुदा मलाई निकै खुशी लागेको छ । यो पुरस्कारले मलाई पत्रकारिता क्षेत्रमा अझ धेरै सक्रिय हुन प्रेरित गरेको छ ।’ नयाँ पत्रिका दैनिकको बरिष्ट उपसम्पादकका साथै चलचित्र पत्रकार संघका पूर्वउपाध्यक्ष समेत रहिसकेका पुरस्कृत सुवेदी ‘न्युज ब्रेकर’ पत्रकारका रुपमा समेत परिचित छन् ।


सम्बन्धित समाचार