Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पदाधिकारीको टुंगो लगाउँदै माओवादी

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले पदाधिकारीलाई अन्तिम रुप दिने तयारी छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकमा पदाधिकारीको नाम प्रस्ताव गर्ने तयारी गरेका छन् । अध्यक्षले प्रस्ताव गरेको नाममा सहमति जुटेमा आजै पदाधिकारी र स्थायी कमिटीले पूर्णता पाउने छ । बुधबार बसेको स्थायी कमिटी बैठकले अपूर्ण रहेका केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटीमा सदस्यहरू थप्ने विषयमा छलफल भएको थियो ।