Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

परमादेश, भूमिविधेयक र हस्ताक्षर अभियान

आफ्नालाई जोगाउने, विपक्षीलाई सताउने काँग्रेस–एमालेको गणतन्त्रमा भिजिट भिसा र नक्कली भुटानी शरणार्थी प्रकरणका ठगहरूलाई लाज भएन । उनीहरू नैतिकवाद देशको सार्वजनिक भूमि भूमाफियालाई सुम्पने ओली देउवा नीतिका विपक्षी भएकै कारण घुमाई फिराई सताउने प्रवृत्ति झन् अनैतिक हो । तर हड्डीमा पानी नभएका मुटु कठोर भएकाहरूले आफैले फालेको जालमा आफैं पर्ने भएपछि मच्चाएको हस्ताक्षररूपी कोलाहल एकाएक थन्कियो । माफियाले प्रधानमन्त्रीको अर्थ संकलन गर्ने सचिवालयलाई मिलाएर प्रधानमन्त्रीको स्पेन भ्रमणमा भिजिट भिसाबाटै नेपाली युवाहरू पठएर कति हजम गरे खोजी कसले गर्ने यहाँ ?
तर उपसभामुख इन्दिरा रानालाई उपसभामुखको कार्यालयबाट आफ्ना सहयोगी अमेरिका पठाउन सहज होस् भनेर अन्तवार्ताका लागि समय माग गरेको पत्र लेख्दा गैर धन्दा भन्न सक्ने नालायकी अरु हुँदैन । सुझाव लिने काम नगर्ने काँग्रेस सभापति देउवालाई देशको आर्थिक, राजनीतिको बिग्रदो पाटोका बारेमा चिन्ता छैन । श्रीमती डा. आरजुलाई समानुपातिक सांसद मन्त्री हुँदै उपप्रम दिलाउने र पार्टीको पदाधिकारी बनाउने बाहेक ध्यान छैन । समयमा महाधिवेशन गर्नुपर्छ भन्दा सुन्ने कान पनि नगर्ने तर आफ्नो पदको समय बढाउने बाहेक कुनै चिन्ता छैन । आफैंभित्र एक नहुने काँग्रेस र सबै एमाले मै हुँ, मैले भनेकै हुनुपर्छ भन्ने सोचका प्रधानमन्त्रीले कति घिनलाग्दो निर्णय गर्छन् भन्ने कुरा खाली कागजको हस्ताक्षर हो । हस्ताक्षरको उपदेयता को हो सम्म बुझ्न नपर्ने सांसद पद पनि लज्जाको अंग बन्यो । के पार्टीका माननीय भेडा बाख्रा हुन् ? तिनको गिदीमा के गोबर भरिएको छ ?
काँग्रेसका नेता डा. शेखर कोइराला समूहले उपसभामुखलाई महाभियोग लगाउने हो भने भिजिट भिसाका दोषी गृहमन्त्रीले पद त्याग्नुपर्छ भन्यो । कर्मचारी कुलिङ पिरियडमा राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले नैतिक रूपमा दोषी हुँदा पद त्याग्न डा. शेखरले भनेकै हुन् । पछिल्लो पटक समितिभित्रकै दबावका कारण खतिवडाले राजीनामा दिएका हुन् । विवादित र भ्रष्ट मन्त्री हटाउन प्रधानमन्त्रीले जोड दिँदा साथ नदिने काँग्रेस वर्तमान सरकारलाई भ्रष्टै भ्रष्टको झाँझर बनाइदिने शक्ति बन्दैछ । काँग्रेसी जनमत ध्वस्त छ । ऊर्जा, गृहमन्त्री आर्थिक रूपमा बदनाम छन्, पर्यटनमन्त्रीको सम्बन्ध भ्रष्टसँगै छ । खेलकुद मन्त्रीको हैसियत राष्ट्रिय खेलकुद सञ्चालनमा बाधक देखियो । यस्तो दुर्गन्धमा चलेको यो सरकारले राम्रो गर्दैन नराम्रो छाड्दैन भन्ने कुरा छर्लङ्ग भएको छ । तर पनि संवैधानिक परिषद्मा प्रवेश गर्नका लागि उपसभामुखमाथि प्रहार गर्दैछ । आफ्ना उपसभापतिले मितेरी सहकारीबाट ठगी गरेको रकम प्रहरीको सिआईबीमा छानविनमा पर्दा २ पटक गरी ५० लाख फिर्ता गरेपछि जोगिने र जोगाउने गरेकै हो । काँग्रेसमा डा. शेखर कोइरालाकै कारण विपक्ष दलहरूको प्रतिकारले उपसभामुखमाथिको महाअभियोग हाललाई रोकियो । २७५ जना सांसद सदस्यमध्ये १८३ जना दुई तिहाई पुग्छ । त्यसका लागि जसपा उपेन्द्र पक्षले साथ दिएृन । त्यो रिस फेर्न सरकारको आग्रहमा १९ वर्ष अगाडिको गौर हत्याकाण्डको फैसला आयो । भूमि विधेयक राष्ट्रियसभामा पारित भएको छैन । त्यो जनताको हितमा छैन । सरकारले कानुनी रूपमै भूमाफियालाई जग्गा दिन यो विधेयक ल्याएको हो । आफू माफियासँग मस्ती कुम्ल्याउने सार्वजनिक जमिन सुम्पने दाउमा जो छन् ती देशभक्त हुँदैनन् । थामसेर्कुले कब्जा गरेको गोकर्ण रिसोर्ट, सगरमाथा राष्ट्रिय निकुञ्ज, गिरिबन्धु, नेपाल ट्रष्टको सम्पत्तिका बारेमा राष्ट्रिय बहस भएन । किनकि सार्वजनिक जग्गा, पोखरी, तलाउहरू लिजमा दिने नाममा कुनै स्वार्थ समूहलाई सुम्पनु राष्ट्रघात हो । हुनसक्छ सरकारले सहयोग गर्न सक्दैन भन्ने तर्कका अधारमा व्यापारी वर्गको कमाई बढाउने लक्ष्यका कारण त्यो काम भएको छ । यहाँ एमालेको नाम जोडियो, फाइदा पहुँचवालाले लिएका छन् । लोकतन्त्र र गणतन्त्र यसरी चल्छ ?
कुनै ठाउँ कानुन सम्वत सरकारले यो ठिक ग¥यो भन्ने छैन । जहाँ पनि स्वार्थ समूह छ । निजामती विधेयकको कुकर्मले कर्मचारी नांगिए । शिक्षा विधेयकले शिक्षा माफियाहरूको निद्रा गुम्यो । आठ कक्षा पासका शिक्षामन्त्रीलाई देशको शैक्षिक क्षेत्र सुधार्नुपर्छ भन्ने छैन । प्रहरी सेवा ऐन सशस्त्र प्रहरी ऐन यसै सदनले पारित गर्नु पर्ने थियो । तर सरकार गम्भीर छैन, व्यवस्था बदल्ने अवस्था उस्तै हुँदा प्रश्न गणतन्त्रमाथि उठ्यो । जो आन्दोलनको बाधक थियो उसले व्यवस्थाको हित गर्दैन । तर पनि गणतन्त्रात्मक संविधानको १२ वर्षमा परिवर्तन गर्ने डंका पिटेर प्रधानमन्त्री भइहाल्ने जुन योजना सफल भयो त्यसले प्रतिशोध साँध्ने बाहेक अरु छैन । १९ वर्ष अगाडिको अपराधका नायकलाई काखी च्यापेर सत्ताको स्वाद लिने र टिक्ने दाउमा राजनीति केन्द्रीत छ । भूमिविधेयक र परमादेशको संयोग मिलेको मात्र हो ।


सम्बन्धित समाचार

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल