Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
पोखरा । समाजमा ठगी धन्दा चलाउनेहरूका विरुद्ध राज्यका संरचनाहरू सकृय भएका बेला आँफूलाई सच्चाईको प्रबुद्ध व्यक्ति बताउने प्रकाशदिप गैरे र उनकी श्रीमति शुसिला पटेलको कमाई धन्दाको भण्डाफोर हुन थालेको छ । मिटर व्याजी प्रकरण र साहुकर विरुद्धको आन्दोलनसँगै आएको सहकारी ठगीमाथी गृहमन्त्रालयले कडीकडाउ गरिरहेको बेला पोखरामा आँफूलाई दुखी पिडितहरूको सेवा गर्ने नाममा गैरेले सच्चाई केन्द्रलाई नै ठगीको माध्यम बनाएका छन् ।
मानव सेवाको नाममा यशु परमेश्वरलाई भजाएर दुखी गरिबको नाममा उठाउन पल्केका गैरेजस्ता नटबरलालहरू नेपाली समाजमा दर्जनौं देखिएका छन् । तीनका विरुद्ध कतै सडक आन्दोलन कतै गृहमन्त्रीसँग हारगुहार गरेर नपुगी प्रमुख जिल्ला अधिकारीको कार्यालय जिल्ला प्रहरी कार्यालयमा समेत पुगिरहेका छन् । गैरेले आफूलाई राजनीतिक संरक्षण रहेको गृहमन्त्रीसँग पहुँच भएको दाबी पनि गरिरहेका छन् । उनको यो दाबीले साधारण नागरिक तर्सनु अस्वभाविक होइन ।
सामाजिक उत्तरदायित्व अन्तर्गत संघ सस्थाहरूले असाहयहरूलाई सहयोग गर्दछन तर पोखरामै केन्द्रीय कार्यालय भएको देश भर झण्डै ४ सय शाखा बनेको सच्चाई केन्द्रको आम्दानी भने श्रीमति, नातागोता, आफन्त र विस्वासिला व्यक्तिहरूका नाममा राखेर मासिक ३ करोड भन्दा बढी उठाएर ६ वर्ष देखि यो धन्दा चलाइरहेका छन् । तीनै प्रकाशले आँफूलाई सच्चाईको प्रमुख भ्रन्छन र ठाउँ ठाउँमा प्रवचन पनि दिन्छन् । उनको यो समूहमा आत्मशान्तीको लागि दान गर्नेहरू झण्डै २० लाख होलान तीनले हरेक मंगलबार र शनिबार दान उठाउँछन् । प्रत्येक शाखावाट उठेको त्यो दान त्यहाँ गणना हुँदैन् । शाखाहरूले उठेको दान केन्द्रमा बुझाउने अनिवार्य गरिएको छ । केही शाखाहरूले पठाउन ढिलो गरे भने गैरेको सचिवालयबाट तीनलाई धम्काइन्छ र रकम अशुलिन्छ । सूत्रहरूका अनुसार ६ वर्ष देखिको उनको यो ठगी धन्दाका विरुद्ध देशै भर आक्रोस बढीरहेको छ । तीनको बारेमा थाहा पाउने संघ संस्थाहरू एक भएका छन् ।
ठगीको यो माहौलमा ०७४ अघि पोखरामा मुख र मुठी लिएर गोरखाबाट छिरेका प्रकाशदिप गैरे अहिले अर्वपति भएका छन् भने आफ्नो दम्पतिको नाममा महल मात्र होईन महँगा गाडी र मौका परे हेलिकोप्टर चार्टड गर्ने हैसियत बनाएका छन् । आँफू चोखो बन्न दैनिक काठमाण्डौ पोखरा हवाई जहाज यात्रा गरिरहेका गैरेलाई सुरक्षा दिने टोली पनि नभएको होइन । उनले त्यो टोली आफ्नै सेबकहरूको रुपमा प्रयोग गरेको ठानेपनि त्यही भित्र उनीसँग आक्रोशित युवाहरू बढिरहेका छन् । पोखरामा भएका सामाजिक संघ संस्थाहरूले गैरे माथी गरेको निगरानीले उनी आतंकित भइरहेका छन् । यस्ता चरित्रले नेपालका सोझा जनतालाई ठगिरहेको कुरा उप प्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ समक्ष छानविन गर्नका लागि पिडितहरूले उजुरी पनि गरेका छन् । गोरखावासी भएका नाताले यस्ता ठगहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल, उप प्रम तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग उजुरी दिएका छन् । सरकार आम नागरिकहरूको जीउधनको सुरक्षा गर्ने ठगहरू माथी कारवाही गर्ने अभियानमा लागेको समयमा यस्ता अपराधिहरू माथी कारवाही गर्न पछि हटन नहुने पिडितहरूको भनाई छ । गैरेको ठगि सम्वन्धी खोजबिन जारी छ ।
२०८१ मंसिर ११
ताजा नेपाल
२०८१ मंसिर ११
ताजा नेपाल
२०८१ मंसिर ११
ताजा नेपाल