Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

परिषद बैठक सकेर ओली फुत्तै शितलनिवासमा

काठमाडौं । नेकापको आन्तरिक किचलो चर्किंदै जाँदा प्रधानमन्त्री केपी शर्मा ओली असंवैधानिक कदम चाल्दै अराजकता प्रदर्शन गर्नमा उद्दत भएका छन् । उनको अराजकतालाई राष्ट्रपतिको साथ भएकै कारण उनमा यस्तो उत्साह जागेको हो । संवैधानिक परिषदको बैठक सकिएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् ।

शितलनिवासमा पुगेका ओलीले पछिल्लो कदम र त्यसपछि उत्पन्न परिस्थितिबारे छलफल गरेको बुझिएको छ । यसअघि राष्ट्रपतिसँगको कुराकानीपछि नै ओलीले संवैधानिक परिषदसम्बन्धी अध्यादेश सिफारिश गर्ने निर्णय मन्त्रिपरिषदबाट गराएका थिए । लगत्तै शितलनिवासबाट अध्यादेश जारी भएको थियो । जसमा परिषदको ऐन संशोधन गरी बहुमत संख्याबाट बैठक बस्ने र निर्णय गर्न सक्ने व्यवस्था गरिएको थियो ।

साँझ परिषदको बैठक प्रधानमन्त्री ओलीको अध्यक्षतामा बस्यो । जसमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना उपस्थित थिए । विपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटा अनुपस्थित भए । तर, गणपूरक संख्या बहुमतले पुगेकाले बैठक बस्यो । निर्णय भने नभएको बताइएको छ । ओलीले बैठक राखेर निर्णयका लागि अगाडि बढ्ने तयारी समेत गरेका थिए ।

उनले पार्टीभित्र र बाहिरका विरोधीलाई संवैधानिक परिषदको बैठकबाट आफू अनुकूलको निर्णय गरेर कमजोर बनाउने तयारी समेत गरेका छन् । विशेषगरी अख्तियारमा विश्वासिला व्यक्ति नियुक्त गरेर विरोधीलाई तह लगाउन खोजेको कतिपयको बुझाई रहेको छ ।

संवैधानिक परिषदको बैठकमा कुनै नियुक्तिको निर्णय नगरी ओली शितलनिवास पुग्नुलाई राष्ट्रपतिले विगतमा जस्तै सहमतिको पहल गर्ने तयारीका रुपमा लिइएको छ । विगतमा पनि राजनीति दलसम्बन्धी अध्यादेश ल्याएपछि राष्ट्रपतिकै पहलमा फिर्ता लिइएको थियो । फिर्तासँगै राजनीतिक सहमति बनेर ओलीको सत्ता संकट टरेको थियो । यसपटक पनि राष्ट्रपति भण्डारीले यस्तै पहल गर्ने कतिपयको भनाई रहेको छ।


सम्बन्धित समाचार

सीमा प्रहरीको काम खोज्दै गृहमन्त्री

२०८३ श्रावण १४

ताजा नेपाल

सरकारी अराजकतामा रवि दर्शक

२०८३ श्रावण १४

ताजा नेपाल

कहाँ बाँकी भयो अब हस्तक्षेप !

२०८३ श्रावण १४

ताजा नेपाल