Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री प्रेम आलेले आफ्नो पार्टीका सांसदले पशुपति क्षेत्र विकास कोषलाई नतिरिरहेको करोडौँ रकम मिनाहा गराउन गरेको सेटिङ र चलखेल बाहिरिएको छ ।
मन्त्री आलेले नेकपा एकीकृत समाजवादीका नेता तथा बागमती प्रदेशका सांसदसमेत रहनुभएका सांसद लक्ष्मण लम्सालसहितका व्यक्तिहरूले सञ्चालन गरेको प्राणनाथ क्याफेले तिर्न बाँकी रहेको करोडौँ रकम मिनाहाको चलखेल गरेका हुन् ।
कोषका अनुसार सो क्याफेले गत कात्तिकसम्मकै ८५ लाख २४ हजार ४७ रुपैयाँ भाडाबापतको रकम बुझाउन बाँकी छ । तीन महिना थप हुँदा यो रकम अझै थपिएको छ । तर पर्यटन मन्त्री आले भने व्यवसाय गरेर कमाउने आफ्नो पार्टीका सांसदलाई छुट गराउन उर्दी जारी गर्दै पशुपति क्षेत्र विकास कोषलाई टाट पल्टाउँदै सत्ता र शक्तिको दुरुपयोग गर्न लागिपरेका हुन्
मन्त्री आलेले आफ्नो पार्टीका सांसद लम्सालले तिर्न बाँकी रहेको उक्त रकम मिनाहा गराउन मन्त्रालयका कर्मचारीलाई उत्री नै जारी गरेको मन्त्रालयकै कर्मचारीहरू बताउँछन् । ‘मेरो मन्त्रालयमा हाम्रो पार्टीको मान्छेको जे काम पनि हुन्छ, भाडा तिर्नु पर्दैन, लम्साल हाम्रो पार्टीको नेता हो, पशुपतिको त्यो कुरा मिलाउनु’ भन्दै भाडा असुली नगर्न उत्री जारी गरेको मन्त्रालयका एक सहसचिवले खुलासा गरे ।
पशुपति क्षेत्र विकाश कोससँग बागमती प्रदेशका सांसद लम्साल र कृष्णप्रसाद रिजालसहितका व्यक्तिहरूले २०७२ साल साउन ३२ गते प्राणनाथ क्याफे सञ्चालनको सम्झौता गरेका थिए । पशुपति क्षेत्र विकाश कोषको स्वीकृत गुरुयोजना अन्तर्गत तीलगंगास्थित पर्यटन सूचना केन्द्रमा पर्यटकहरूका लागि प्रवेश टिकट बिक्री काउन्टरसहित सेवा सुविधा पुर्याउने उद्देश्यले निर्माण गरिएको भवनमा चिया कफीको सुविधासहितको सुद्ध शाकाहारी चमेना गृह एवं सोभिनियर पसल सञ्चालनमा छ ।
सांसद लम्सालसहितका सञ्चालकहरूले सञ्चालन गरेको चमेना गृहले सम्झौताअनुसार कोषलाई मासिक ७१ हजार ५ सय रुपैयाँको दरले भाडा बुझाउने पर्नेमा लामो समयदेखि भाडा तिरिरहेका छैनन् । कोषलाई भाडा नतिरी अटेर गर्दै आइरहेका उनीहरूले सम्झौता अनुसार विलम्ब शुल्क समेत तिर्नु पर्ने भए पनि मन्त्री आले उनीहरूलाई उन्मुक्ति दिलाउन लागिपरिरहेका छन् । ३० बुँदै सम्झौताको २२औँ बुँदामा भाडा सम्बन्धी व्यवस्था छ ।
सम्झौतामा ‘दोस्रो पक्ष प्राणनाथ क्याफे सञ्चालकले भवनमा चिया कफीको सुविधासहितको सुद्ध शाकाहारी चमेना गृह भेजिटेरियन क्याफे एवं सोभिनियर पसल पर्यटन सेवा केन्द्र तिलगंगाको भवनमा सञ्चालन गरेबापत पहिलो पक्ष कोष लाई मासिक रु ७१,५०० एकहत्तर हजार पाँच सय रुपैयाँ मात्र प्रत्येक महिनाको ७ गतेभित्र बुझाउनु पर्ने उल्लेख छ ।
मासिक भाडा रकम कोषको आर्थिक प्रशासन महाशाखामा बुझाउनु पर्ने सम्झौतामा उल्लेख छ । सम्झौतामा भाडा समयमा नतिरे १० प्रतिशत विलम्ब शुल्कसहित सोही महिनाको मसान्तभित्र शुल्क बुझाउनु पर्ने उल्लेख छ । प्रत्येक वर्ष सम्झौताको भाडा दरमा १० प्रतिशत का दरले वृद्धि गरिने पनि सम्झौतामा उल्लेख छ । यसरी वृद्धि भएको भाडा दर समेत समावेश हुने गरी तोकिएको समयभित्र भाडा बुझाउनु पर्ने सम्झौता भए पनि सांसद लम्साल लगायतले समयमा त भाडा तिरेनन् तिरेनन् उल्टै मन्त्री आलेको आँडमा भाडा मिनाहाको चलखेल गरिरहेका छन् ।
सम्झौतामा भाडा बुझाउन नसकेमा सम्झौता रद्ध गरी धरौटी जफत गरिने उल्लेख छ । साथै सो स्थानबाट सञ्चालकले चल–अचल सामान निकाल्न नपाउने गरी भएको क्षतिको क्षतिपूर्ति सञ्चालकबाट असुल उपर गरिने सम्झौताको २२ औँ बुँदामा भनिएको छ ।
यसै गरी २३औँ बुँदामा प्रचलित कानुन बमोजिम नेपाल सरकारलाई बुझाउनु पर्ने सम्पूर्ण कर सेवा शुल्क, मूल्य अभिवृद्धि कर, तथा आयकर सञ्चालक स्वयंले बेहोर्नुपर्ने उल्लेख छ ।
कोषसँग यसरी सम्झौता गरेको क्याफेले माधव नेपालको आडमा अहिलेसम्म भाडा नतिरेको हो ।
अव भने भाइरल मन्त्री प्रेम आलेको आडमा व्यवसाय गरी कमाएको रकमको करदेखि भाडासमेत कोषलाई नै भिडाएर करोडौँ कमाउने दाउमा सांसद लम्साल लागिरहेका छन् ।
लम्सालसमुहकै योजनाअनुसार धर्मशालादेखि अन्य क्षेत्रसमेत हडप्ने योजनामा मन्त्री आलेले एक हप्ता अगाडी अनुगमनका नाउँमा आर्थिक असुली हुने सवैतिर हात हालेको स्रोतको दाबी छ ।
मन्त्री आलेकै कारण कोषले करोड रुपैयाँ बक्यौता हुँदा पनि सो क्याफेमाथि कारबाहीसमेत गर्न सकेको छैन । सम्झौता तोडेर क्याफे सञ्चालकहरू हिँडे पनि मन्त्री आलेकै पार्टीको सांसद भएकोले संरक्षण मात्र गरिरहेका छैनन् करोडौँ मिनाहा गराएर आर्थिक लाभ लिन लागिपरेका छन् ।
२०८३ जेष्ठ ६
ताजा नेपाल
२०८३ जेष्ठ ६
ताजा नेपाल
२०८३ जेष्ठ ६
ताजा नेपाल