Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पशुपति दर्शन भन्दै भारतीय जासुस बालुवाटारमा

काठमाडौं। नेपालका राजनीतिक समीकरणहरु बन्ने भत्कने क्रम जारी रहेका बेला आन्तरिक राजनीतिमा खेल्नका लागि भारतीय जासुस सामन्त गोयल दुई दिनका लागि नेपाल आएर फर्किएको पाइएको छ। नेपाली कांग्रेसले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएपछि विकसित भएको नयाँ परिस्थितिमा राजनीतिक दलका मुख्य नेताहरुसँग कुरा गर्नका लागि उनी नेपाल आएका थिए। उनको साथमा जासुसहरुको एउटा सानो टिम नै रहेको बताइएको छ। समाचारअनुसार, स्थलमार्गबाट काठमाडौं आइपुगेका भारतीय गुप्तचर संस्था रअका प्रमुख गोयलले आएकै दिन पशुपतिनाथको दर्शन गरेका थिए। पशुपतिको दर्शनपछि उनले राजनीतिक भेटघाट गरेको बताइएको छ। उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छुट्टा छुट्टै भेट गरेका थिए।
यी भेटहरुमा के के कुरा भए भन्नेबारे कहीं कसैले केही पनि बताएको छैन। नेकपा एमालेको एक उच्च सूत्रका अनुसार, गोयल आएर चलखेल गरेकोबारे एमाले अध्यक्ष केपी ओलीलाई जानकारी भने छ। गोयलले यसपटक ओलीसँग भेट गरे नगरेको स्पष्ट भएको छैन। गोयल काठमाडौंबाट स्थलमार्ग हुँदै फर्किएको भोलिपल्ट नेपाली कांग्रेसकी नेतृ एवं पूर्वप्रधानमन्त्री देउवाकी पत्नी आरजु राणा देउवा दिल्ली उडेकी थिइन्।
एमालेसँग अकस्मात नयाँ समीकरण बनाएर दाहाल प्रधानमन्त्री भएपछि भारतीय जासुसी संस्था रअ अलमलमा परेको छ। अन्तिम दिनसम्म पनि ओली र दाहाल मिल्नै नसक्ने निष्कर्षका साथ देउवालाई दाहालसँग थप बार्गेनिंंग गर्न रअ ले नै उक्साएको थियो। रअ कै कारण देउवाले दाहालसँग पदको बार्गेनिङ गरेका थिए। प्रधानमन्त्रीमात्र होइन राष्ट्रपति पद पनि दाहाललाई नदिने निष्कर्षमा देउवा र रअ पुगेका थिए। यो कुराको सुइको पाएका ओलीले दाहाललाई प्रधानमन्त्री दिएर राष्टपति र सभामुख पद एमालेलाई दिने गरी दाहालसँग सहमति गरी सत्ता समिकरणलाई अकस्मात उल्टाइदिएका थिए।
आफ्नो रणनीति फेल भएपछि आक्रोसित भएको भारतीय जासुसी संस्था रअ ले सभामुख र राष्ट्रपति दुबै पद एमालेलाई दिन नहुने नयाँ रणनीति अघि सारेर प्रधानमन्त्री दाहालमाथि दवाव बढाएको छ । सभामुखमा एमालेका नेता देवराज घिमिरे निर्वाचित भइसकेका छन्। अब राष्टपति पदको निर्वाचनतिर शक्तिकेन्द्रहरुको ध्यान गएको छ। भारतले चाहेजस्तो काम नगरी विधेयक र अध्यादेशहरु समेत रोकेका कारण एमाले र बर्तमान राष्टपति विद्यादेवी भण्डारीप्रति भारत रुष्ट छ।
एमालेलाई राष्टपति पदमा रोक्नै पर्ने र यसका लागि जस्तो सुकै मूल्य चुकाउनु परे पनि तयार हुनुपर्ने गरी नेपाल मिसन चलाइएको छ। अवका केही दिनदेखि गैरराजनीतिक व्यक्ति, समाजसेवी वा एमालेसँग प्रत्यक्ष नजोडिएको कुनै व्यक्ति अघि सार्नु पर्ने र त्यस्तो व्यक्ति राष्टपति बनाउनु पर्ने भन्दै सामाजिक सञ्जालहरुमा अभियान चलाइने छ। भारतीय दवाव चर्को भएपछि प्रधानमन्त्री दाहालले राष्ट्रपति पदमा सर्वसम्मति खोज्ने बताउन थालेका छन्। उनको यो भनाइले एमाले पंक्तिमा आशंका बढेको छ। दाहालले धोका दिने पो हुन् कि वा केही मत क्रस हुने हो कि भन्ने त्रास एमाले नेतृत्वमा बढेको बताइएको छ।
दाहालका लागि रामचन्द्र पौडेल स्वीकार्य उम्मेदवार हुन नसके नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई नै राष्ट्रपति बनाउन सकिने गरी भारतीय प्रस्ताव छ। स्रोतका अनुसार, सिटौला र दाहालका बीचमा शान्ति प्रक्रिया शुरु हुनुअघिदेखिको सम्बन्ध र त्यसयता पनि सुमधुरता कायम रहेका कारण सिटौलालाई स्वीकार गर्न दाहाल तयार हुनसक्ने भारतीय बुझाइ रहेको कांग्रेस नेतृत्वले बुझेको छ।
राष्ट्रपति पदमा एमाललेलाई धोका दिए पनि उसले दाहाललाई हटाउन नसक्ने ग्यारेण्टी रअले लिएको र यसका लागि प्रदेश सरकारहरुको बनौटबारे दाहाललाई व्रिफिङ गरिएको बताइएको छ। प्रदेशहरुमा माओवादीले हात झिक्नासाथ एमालेका सबै ठाउँका सरकारहरु ढल्ने हुँदा एमालले राष्ट्रपति पद नपाए पनि दाहाललाई हटाउन नसक्ने बरु सम्झौता गरेर बस्न बाध्य हुनुपर्ने न्यारेटिभ दाहाललाई सुनाइएको छ।